बाढी पहिरोका कारण अवरुद्ध केही राजमार्ग सञ्चालन, केही अवरुद्ध
काठमाडौँ । केही दिनदेखिको वर्षाका करण आएको बाढी पहिरोका कारण अवरुद्ध भएका देशका केही राजमार्ग आजदेखि सञ्चालनमा आएका छन् भने केही मुख्य राजमार्ग अझै अवरुद्ध भएका छन् ।
यही वैशाख २१ गतेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालीका-६ चौकीडाँडा र रोशी गाउँपालिका-७ घुमाउने, ४०० बेँसीस्थित बिपी राजमार्ग तथा सल्यानको कुमाख गाउँपालिका-२ खरखरखोला र कोइरालाखोलास्थित सल्ली चौरजहारी सडक खण्ड आजदेखि सञ्चालनमा आएका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।
उनका अनुसार वैशाख १२ गतेको बाढीका कारण अवरुद्ध भएको भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, २३ गतेको पहिरोका कारण अवरुद्ध बनेको मकालु गाउँपालिका-३ नयाँ बस्तीस्थित कोशी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
यही वैशाख २१ गतेको अविरल वर्षाका कारण इलामको रोङ गाउँपालिका-६ सलकपुरस्थित ङखेप हुँदै झापा जाने भित्री कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भई अझै सञ्चालनमा आउन नसकेको प्रवक्रा काफ्लेले बताए । उनले भने, “वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध भएका केही मुख्य राजमार्ग सञ्चालनमा आएका छन् भने केही राजमार्ग एकतर्फी सञ्चालन भएका छन् । काभ्रेपलाञ्चोक खुर्कोट-नेपालथोक-कटुञ्जेबेसी बिपी राजमार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।”
वर्षातकाे समयमा बाढी पहिरोको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालन भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले सरोकार भएका सबैलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण