ल्वाङगाउँमा ‘सिनेमा संवाद’
गण्डकी । चौथो संस्करणको ‘सिनेमा संवाद’ शुक्रबारदेखि कास्कीको पर्यटकीय गाउँ ल्वाङमा सुरु हुँदै छ । नेपाली चलचित्र क्षेत्रका विविध विषयमा सिर्जनात्मक बहससहित चलचित्रकर्मी, पत्रकार र सरोकारवालाबिच अनुभव आदानप्रदान हुने उक्त कार्यक्रमको तयारी पूरा भएको आयोजक चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीले जनाएको छ ।
शनिबारसम्म चल्ने संवाद कार्यक्रममा नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा बौद्धिक छलफल एवं विमर्श हुने सङ्घका अध्यक्ष सन्तोष बस्यालले बताए । यसपालिको संस्करणमा ‘नयाँ पुस्ता र नेपाली सिनेमा’, ‘सिनेमामा द्वन्द्व’, ‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’ र ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’लगायत विषयमा बहस हुने उनको भनाइ छ ।
‘नयाँ पुस्ता र नेपाली सिनेमा’ शीर्षकमा अभिनेत्री आचल शर्मा, अभिनेता सलोन बस्नेत र अभिनेत्री सनिशा भट्टराई वक्ताका रूपमा रहेका छन् । ‘सिनेमामा द्वन्द्व’ विषयमा अभिनेता निखिल उप्रेती र लेखक–निर्देशक मनोज पण्डित वक्ताका रूपमा रहेका छन् ।
‘ग्लोबल मार्केटमा नेपाली सिनेमा’मा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, लेखक–निर्माता सामिप्य तिमिल्सिना र अभिनेत्री बेनिशा हमाल वक्ताका रूपमा सहभागी हुने जनाइएको छ । ‘कन्टेन्ट क्रियटर भर्सेस नेपाली सिनेमा’मा प्रकाश सुवेदी, इस्टु कार्की र महेश भण्डारी वक्ताका रूपमा रहेका छन् ।
यस कार्यक्रमले माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङगाउँको पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्र क्षेत्रका विकासमा टेवा पुग्ने विश्वास लिइएको छ । यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा ‘सिनेमा संवाद’ आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण