पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपति बने नरेन्द्र
सारांश
- सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा. डा. नरेन्द्रविक्रम गुरुङलाई दिएको छ ।
- उपकुलपति डा. भरतबहादुर खत्री र निर्देशक डा.प्रेमराज पंगेनीसहित ३१ जना पदमुक्त भएपछि निमित्त उपकुलपतिको नियुक्ति भएको हो ।
- प्रतिष्ठानमा प्रमुख नहुँदा दैनिक काममा अवरोध उत्पन्न हुने भएपछि सरकारले गुरुङलाई निमित्तको जिम्मेवारी दिएको हो ।
पोखरा । सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा. डा. नरेन्द्रविक्रम गुरुङलाई दिएको छ । गत शनिबार जारी गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेशपछि उपकुलपति डा. भरतबहादुर खत्री र निर्देशक डा.प्रेमराज पंगेनीसहित ३१ जना पदमुक्त भएका थिए ।
निमित्त निर्देशकमा भने अहिलेसम्म नियुक्ति भएको छैन । कार्यालयका सूचना अधिकारी सुशील कुमार अर्यालका अनुसार बिहीबार उनको नियुक्ति भएको र शुक्रबार (आज)देखि कार्यभार सम्हाल्ने छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पताल सञ्चालन र चिकित्सा शास्त्रको स्नातक र स्नातकोत्तरको पढाइ हुँदै आएको छ ।
प्रतिष्ठानमा प्रमुख नहुँदा दैनिक काममा अवरोध उत्पन्न हुने भएपछि सरकारले गुरुङलाई निमित्तको जिम्मेवारी दिएको हो । नरेन्द्रविक्रम सर्जन हुन् । यसअघि उपकुलपतिको आवेदन माग भएको बेला १७ जनाले आवेदन दिएकोमा उनले नाम नै टिपाएका थिएनन् । तत्कालीन केपी ओली सरकारले डा.भरतबहादुर खत्रीलाई उपकुलपति नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागको कारबाहीमा पर्यो मिथिला थाली, २५ हजार रुपैयाँ जरिवाना
-
आन्दोलनलाई थप सशक्त बनाउने सरकारलाई युवाको चेतावनी
-
गणेश नेपालीको परिवारको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद गच्छदार
-
इनोभेक्स एमआईटीलाई दोहोरो उपाधि
-
प्रशासकीय अधिकृतमाथि कारबाही गर्न मेयर रिना साहको माग
-
जनता आवास कार्यक्रम: सातै प्रदेशमा गरी करिब ३९ हजार घर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण