विपद् व्यवस्थापन सम्बन्धी 'राष्ट्रिय नीति मन्थन' कार्यक्रम आयोजना गर्दै रास्वपा
शुक्रबार, २५ वैशाख २०८३, ०९ : ०१
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयमा 'राष्ट्रिय नीति मन्थन' कार्यक्रम आयोजना गर्दैछ।
- पार्टीको 'पार्टी-सांसद-सरकार समन्वय समिति' द्वारा आयोजित यस कार्यक्रममा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका प्रभावकारी उपायबारे छलफल गरिनेछ।
- यो कार्यक्रम आगामी वैशाख २७ गते आइतबार नेपाल पर्यटन बोर्डको सभा हलमा सञ्चालन हुनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा 'राष्ट्रिय नीति मन्थन' कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीको 'पार्टी-सांसद-सरकार समन्वय समिति'को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन लागेको हो। मुलुकमा विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायहरूबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।
रास्वपाका महामन्त्री एवं समन्वय समितिका संयोजक भूप देव शाहले जारी गरेको पत्रमा आगामी वैशाख २७ गते आइतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभा हलमा यो कार्यक्रम सञ्चालन हुनेछ।
कार्यक्रमलाई अर्थपूर्ण र परिणाममुखी बनाउन पार्टीका सबै केन्द्रीय विभागका प्रमुख वा प्रतिनिधिहरूलाई अनिवार्य सहभागी हुन अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण