आईपीएलमा सुरक्षा र अनुशासनको प्रश्न : अनधिकृत व्यक्तिको प्रवेशले बीसीसीआई चिन्तित
सारांश
- इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा अनधिकृत व्यक्तिको प्रवेशले सुरक्षा र अनुशासनमा प्रश्न उठेको छ।
- आईपीएलको एन्टी-करप्सन एन्ड सेक्युरिटी युनिट (एसीएसयू) ले यस विषयमा चिन्ता व्यक्त गरेपछि बीसीसीआईले सबै फ्रेन्चाइजहरूलाई एसओपी पालना गर्न निर्देशन दिएको छ।
- बीसीसीआई सचिव देवजित साइकियाले खेलाडी बस्ने निषेधित क्षेत्रमा टोलीका मालिक र पदाधिकारीहरू समेत देखिएको बताएका छन्।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनमा टोलीको डगआउट, बस, होटल र खेलाडी तथा म्याच अफिसियल एरिया (पीएमओए) मा ‘अनधिकृत’ व्यक्तिहरूको उपस्थिति भेटिएपछि सुरक्षा संयन्त्रले प्रश्न उठाएको छ।
आईपीएलको एन्टी-करप्सन एन्ड सेक्युरिटी युनिट (एसीएसयू) ले यस विषयमा चिन्ता व्यक्त गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले सबै फ्रेन्चाइजहरूलाई प्रतियोगिताको मानक सञ्चालन प्रक्रिया (एसओपी) पालना गर्न स्मरण गराएको छ।
आईपीएल अध्यक्ष अरुण धुमलले एसीएसयूले यस सम्बन्धमा बीसीसीआईलाई प्रतिवेदन बुझाएको पुष्टि गरेका छन्। ‘एन्टी-करप्सन एन्ड सेक्युरिटी युनिटले केही अनियमितताहरू औँल्याउँदै खेलका क्रममा डगआउट, टोली बस र टोली बसेको होटलमा अनधिकृत व्यक्तिहरू देखिएको प्रतिवेदन बुझाएको छ,’ धुमलले पीटीआईसँग भनेका छन्, ‘पीएमओए अन्तर्गत पालना गर्नुपर्ने केही निश्चित प्रोटोकलहरू छन् र प्रतियोगिताको पवित्रता कायम राख्न बीसीसीआईले फ्रेन्चाइजहरूलाई एसओपीप्रति सचेत रहन निर्देशन दिनेछ।’
यसैगरी बीसीसीआई सचिव देवजित साइकियाले पनि जारी आईपीएलमा विभिन्न विसङ्गति र अनियमितताहरू देखिएको बताएका छन्। केही घटनाहरूमा टोलीका मालिक र पदाधिकारीहरू समेत खेलाडीहरू बस्ने निषेधित क्षेत्रमा देखिएको उनले उल्लेख गरे।
‘यस पटक हामीले केही फ्रेन्चाइज र खेलाडीहरूको व्यवहारमा विभिन्न अनियमितताहरू देखेका छौँ,’ साइकियाले बिहीबार एएनआईसँग भनेका छन्, ‘अनधिकृत व्यक्तिहरू टोलीका सदस्यहरूसँगै हिँडिरहेको पाइएकाले बीसीसीआई र आईपीएलले एउटा एडभाइजरी तयार पार्दैछन्। कतिपय अनधिकृत व्यक्तिहरू होटल र खेलाडी वा टोलीका अधिकारीहरूको कोठासम्म पुगेको देखियो, जुन हाम्रो एन्टी-करप्सन प्रोटोकलको पूर्ण विरुद्ध हो।’
साइकियाले कडा चेतावनी दिँदै थपेका छन्, ‘हामीले केही टोली मालिक र पदाधिकारीहरूलाई पनि अनुमति नभएका क्षेत्रमा खेलाडीहरूसँग घुलमिल भइरहेको देखेका छौँ। प्रोटोकल पालनामा केही खुकुलोपन देखिएको छ र हामीले यसलाई धेरै गम्भीरताका साथ लिएका छौँ। अब जारी गरिने एडभाइजरीलाई कडाइका साथ लागू गरिनेछ र यसपछि पनि उल्लंघन भएमा बीसीसीआई र आईपीएलले कडा कारबाही गर्नेछन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्केटबल टोली चीन प्रस्थान
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण