तनहुँमा सरकारी जग्गाको अतिक्रमण विवरण खोजिँदै
तनहुँ । तनहुँमा सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा बसेको जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवालाको बैठकले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमणको विवरण अद्यावधिक गर्ने र विवरण अद्यावधिक भएअनुसारको प्रगति जिल्ला प्रशासन कार्यालयमा पेस गर्ने निर्णय गरेको छ ।
जिल्लामा रहेका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका घरपरिवार मध्येको वास्तविक सुकुमवासी हुन् र को होइनन् भन्ने पहिचान सम्बन्धित स्थानीय तहले गर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
उनका अनुसार वास्तविक पहिचान गरिएका सुकुमवासीलाई तत्काल अन्यत व्यवस्थापन (सुरक्षित आवास, स्वस्थ खानपान, गोपनीयताको संरक्षण, औषधि उपचार तथा परामर्श, महिला तथा अपाङ्गतामैत्री आवास कक्ष, सुरक्षा प्रबन्ध लगायतको तयारी सम्बन्धित स्थानीय तहहरुले गर्ने निर्णय भएको छ ।
यस्तै,वास्तविक सुकुमवासीलाई व्यवस्थापन गर्ने योजनासहित आवश्यक सुरक्षा प्रबन्धका लागि स्थानीय तहहरुले जिल्ला प्रशासन कार्यालयमा माग गर्नसक्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँगको समन्वयमा जग्गाको अतिक्रमण हटाउन आवश्यक सुरक्षाको प्रबन्ध गर्ने प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।
प्रजिअ तिवारीले जिल्लास्थित विभिन्न स्थानमा रहेका सार्वजनिक तथा सरकारी जग्गाको नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाइने बताए । अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा हटाउने कार्यका लागि सम्बन्धित निकायबाट गरिने कार्यका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयबाट आमजनतालाई सुसूचित गराइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण