बाबियाचौरमा बस्ती संरक्षण योजना कार्यान्वयनमा
म्याग्दी । म्याग्दी नदीको बाढी र कटान नियन्त्रणका लागि मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बस्ती संरक्षण योजना कार्यान्वयनमा आएको छ ।
मंगला गाउँपालिकाले संघीय सरकारको बिशेष अनुदानमा चालु आर्थिक वर्षदेखि बाबियाचौर–काशेबगर बस्ती संरक्षण योजना सञ्चालन गरेको हो । गत फागुन २६ गते रु. ४२ लाख ३६ हजार आठ सय ९९ मा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले बाढी र कटान रोकथामका लागि नदी किनारमा पक्की संरचना बनाउने कार्यलाई तीव्रता दिएको छ ।
मंगला गाउँपालिकाको पूर्वाधार शाखाका प्रमुख रुचेन्द्र अधिकारीले आगामी असार १० गतेसम्म ठेक्काको म्याद रहेको योजनाको हालसम्म ५० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको जानकारी दिए ।
बाबियाचौर बजारतर्फ म्याग्दी नदी किनारको ६८ मिटर दुरीमा ‘कम्पोजित’ प्रबिधीको पर्खाल भैरहेको छ । नदीको सतह भन्दा भित्रबाट तीन मिटर अग्लो पक्की ढलान र त्यसमाथी थप तीन मिटर अग्लो ग्यावियन पर्खाल निर्माण हुनेछ ।
तीन सय छ घनमिटर पक्की र चार सय आठ घनमिटर ग्यावीयन पर्खाल निर्माण गर्न लागिएको हो । यसैगरी काशेबगर तर्फ छ सय १२ घनमिटर ‘बोल्डर’ (ठुला ढुङ्गा थुपार्ने) काम हुनेछ । दुई सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बाबियाचौर मंगला गाउँपालिकाको केन्द्र हो ।
पछिल्लो समय बाबियाचौरमा बस्ती विस्तारले तीव्रता पाएको छ । उत्तरपुर्वबाट बगेर आउने म्याग्दी नदीको कटान र बाढीका कारण जोखिममा परेको बाबियाचौर लगायतका तटीय क्षेत्रका बस्ती संरक्षण योजनालाई निरन्तरता दिनका लागि संघीय सरकारसँग आगामी वर्षमा पनि योजना र बजेट माग गरिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा बजेटकाे सिलिङलाई लिएर विवाद : राति ९ बजे बजेट ल्याउने तयारी
-
विकास बजेट २१.५ प्रतिशतले बढ्दा साधारण खर्च नियन्त्रणमा जोड
-
म्यानपावर कम्पनीहरूलाई कामदार पठाएको विवरण बुझाउन निर्देशन
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण