सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
शनिबार, २६ वैशाख २०८३, ०८ : ३६
सारांश
- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ ।
- इच्छुक र योग्य व्यक्तिहरूले २०८३ साल जेठ ५ गतेसम्म दरखास्त पेस गर्न सक्नेछन् ।
- आवश्यक न्यूनतम योग्यता, फाराम र कागजातबारे मन्त्रालयको वेबसाइटमा विस्तृत जानकारी उपलब्ध छ ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै इच्छुक र योग्य व्यक्तिहरूबाट दरखास्त आह्वान गरेको हो ।
दरखास्त पेस गर्ने अन्तिम मिति २०८३ साल जेठ ५ गते कार्यालय समयसम्म तोकिएको छ ।
योग्य उम्मेदवारहरूले आवश्यक न्यूनतम योग्यता, दरखास्त फाराम र संलग्न गर्नुपर्ने कागजातहरूको बारेमा विस्तृत जानकारी मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण