ओरेन्ज र पर्पल क्यापको दौड रोचक
सारांश
- कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सहजै पराजित गरेको छ।
- ओरेन्ज क्यापको सूचीमा केएल राहुल तेस्रो स्थानमा छन् भने पर्पल क्यापको प्रतिस्पर्धामा कार्तिक त्यागीले लगातार माथि चढिरहेका छन्।
- शनिबार राजस्थान रोयल्स र गुजरात टाइटन्सबीचको खेलले ओरेन्ज र पर्पल क्यापको तालिकालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत शुक्रबार राति दिल्लीमा भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सहजै पराजित गरेको छ।
यो नतिजासँगै ओरेन्ज र पर्पल क्यापको तालिकामा केही फेरबदल भएको छ भने शनिबार हुने राजस्थान रोयल्स र गुजरात टाइटन्सबिचको खेलले यसलाई थप रोमाञ्चक बनाउने देखिएको छ।
सर्वाधिक रन बनाउने ब्याटरको सूची अर्थात् ओरेन्ज क्यापको शीर्ष १० वा २० मा ठुलो परिवर्तन नभए पनि तेस्रो स्थानमा रहेका केएल राहुलले आफ्नो पकड बलियो बनाएका छन्। शुक्रबारको खेलमा २३ रनको इनिङ्स खेलेका राहुलको कुल रन संख्या ४६८ पुगेको छ। उनी ४७५ रन बनाएका अभिषेक शर्माभन्दा केही पछाडि छन् भने ४९४ रनसहित हेनरिक क्लासेन शीर्ष स्थानमा यथावत छन्।
शनिबारको खेलमा सबैको नजर राजस्थानका वैभव सूर्यवंशी तथा गुजरातका प्रारम्भिक ब्याटर साई सुदर्शन र शुभमन गिलमा रहनेछ। हाल सूर्यवंशी ४०४ रनसहित पाँचौँ स्थानमा छन्। सुदर्शन ३८५ रनका साथ सातौँ र गिल ३७८ रनका साथ दशौँ स्थानमा रहेकाले शनिबारको प्रदर्शनले उनीहरूलाई तालिकामा माथि उकाल्ने अवसर दिनेछ।
बलिङतर्फ अर्थात् पर्पल क्यापको प्रतिस्पर्धामा कोलकाताका कार्तिक त्यागीले पछिल्लो समय सानदार प्रदर्शन गरिरहेका छन्। पछिल्ला चार खेलमा आठ विकेट लिएका उनले शुक्रबारको खेलमा दुई विकेट थपेसँगै उनको कुल विकेट संख्या १३ पुगेको छ। उनी शीर्ष स्थानभन्दा केही पछाडि भए पनि तालिकामा लगातार माथि चढिरहेका छन्।
हाल भुवनेश्वर कुमार र अंशुल कम्बोज १७–१७ विकेटका साथ शीर्ष दुईमा छन् भने प्रिन्स यादव, कागिसो रबाडा र इशान मलिङ्गा १६–१६ विकेटसहित त्यसपछिको स्थानमा छन्।
शनिबारको खेलमा रबाडा र जोफ्रा आर्चरबीचको प्रतिस्पर्धा मुख्य आकर्षण हुनेछ। रबाडाले पछिल्ला ६ खेलमा १२ विकेट लिएका छन् र आजको खेलमा सोही लयलाई निरन्तरता दिए उनी शीर्ष स्थानमा पुग्न सक्नेछन्। अर्कोतर्फ १५ विकेट लिएका आर्चर शीर्ष पाँचभन्दा ठीक पछाडि छन्।
उनी शीर्ष स्थानभन्दा मात्र दुई विकेटले टाढा रहेकाले आजको खेलमा उनले उत्कृष्ट प्रदर्शन गरे पर्पल क्याप आफ्नो नाममा गर्न सक्ने बलियो सम्भावना छ। विशेषगरी पावरप्लेमा यी दुई बलरको प्रदर्शनले खेलको नतिजा र पर्पल क्यापको हकदार दुवैको फैसला गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण