सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
शनिबार, २६ वैशाख २०८३, १० : ४१
सारांश
- सल्यानमा ट्याक्टर दुर्घटना हुँदा शारदा नगरपालिका–१३ का २५ वर्षीय वसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको छ।
- शनिबार बिहान श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे १ त २०९० नम्बरको ट्याक्टर बागचौर नगरपालिका–१०, भाटबिटेस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो।
- भानुभक्त माध्यमिक विद्यालय, दमाचौरको निर्माण सामग्री बोकेको उक्त ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो।
सुर्खेत । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शारदा नगरपालिका–१३ का २५ वर्षीय वसन्त बुढाथोकी रहेका छन्।
चालक समेत रहेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख हेम बहादुर केसीले बताए ।
शनिबार बिहान श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे १ त २०९० नम्बरको ट्याक्टर शनिबार बिहान करिब ७ बजे बागचौर नगरपालिका–१०, भाटबिटेस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो।
भानुभक्त माध्यमिक विद्यालय, दमाचौरको निर्माण सामग्री बोकेको उक्त ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण