जुम्लामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा हिमा गाउँपालिका प्रथम
जुम्ला । जिल्लाको हिमा गाउँपालिका-२ स्थित ओदीमा सञ्चालन भएको १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हिमा गाउँपालिकाका प्रथम भएको छ । शुक्रबार भएको फाइनल खेलमा हिमाले २५ वटा स्वर्ण पदक प्राप्त गरी प्रथम भएको हो ।
चन्दननाथ नगरपालिकाले १४ वटा स्वर्ण पदक प्राप्त गरी दोस्रो स्थान हुँदा पातारासी गाउँपालिका पाँच स्वर्ण पदकसहित तेस्रो भएको हिमा गाउँपालिका खेलकुद तथा शिक्षा शाखा प्रमुख बमबहादुर शाहले जानकारी दिए ।
यसैगरी क्रमशः कनकासुन्दरी गाउँपालिका चौथो, सिंजा पाँचौँ, तिला सातौँ र तातोपानी गाउँपालिकाका आठौँ भएका शाहले जानकारी दिए । यहाँका सातवटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडी जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएका उनले बताए ।
जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा कराँते, उशु, तेक्वान्दो, भलिबल, एथलेटिक्स, कबड्डीलगायत खेल भएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए । जिल्लाका आठवटा स्थानीय तहमध्ये गुठीचौर गाउँपालिकाबाहेक सात स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण