मार्ग खुलेको १५ वर्षपछि छिसवाङमा सडक स्तरोन्नति
म्याग्दी । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा सडक स्तरोन्नति भएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको बाबियाचौर–दरबाङ खण्डको वैकल्पिक मानिएको पोक–सेराफाँट–पीपलबोट–छिसवाङ–खोप्टी–छ्यारछ्यारे–दरबाङअन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति भएको हो ।
सङ्घीय सरकारले चालु आर्थिक वर्षमा रु तीन करोड बजेट विनियोजन गरेको योजना निर्माणका लागि सडक डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य–पदमदीप जेभीले लक्ष्यअघि नै काम सम्पन्न गरेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले गत माघ महिनादेखि सुरु भएको सडक स्तरोन्नति योजनाको म्याद आगामी असारसम्म भए पनि तीन महिनाअघि नै सम्पन्न गरेको बताए । रु दुई करोड पाँच लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो । खहरेदेखि छिसवाङ हुँदै ओखोलासम्म एक किलोमिटर ५०० मिटर सडकलाई पक्की नालासहित नौ मिटर फराकिलो बनाएर ग्राभेल गरिएको छ ।
विसं २०६७ मा मार्ग खुलेको सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको छिसवाङका दुर्गाबहादुर खत्रीले बताए । मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा तीनदेखि चार मिटर फराकिलो सडकमा एकतर्फी मात्र गाडी चल्ने गरेका थिए । सडक फराकिलो पार्न स्थानीयवासीले स्वःफूर्त रुपमा जग्गामा संरचना बनाउन दिएर सहयोग गरेका छन् ।
यो सडकबाट मङ्गलाको वडा नं ५ का साथै मालिकाको १ र २ का बासिन्दा लाभान्वित हुनुका साथै बेनी–दरबाङ सडकको बाबियाचौर–दरवाङ खण्डमा पहिरो लगायतका कारणले अवरुद्ध हुँदा वैकल्पिक रुपमा प्रयोग गर्न सकिने भएकाले रणनीतिक महत्व रहेको छ ।
यसअघिका दुई आर्थिक वर्षमा मङ्गला गाउँपालिकाले सेराफाँट क्षेत्रमा, गण्डकी प्रदेश सरकारले पीपलबोट खण्डमा र सङ्घीय सरकारले हिलवाङ–खहरेखोला क्षेत्रमा स्तरोन्नति गरेका छन् । जिल्लाको रणनीतिक महत्वको सडकको विकल्प भएकाले यो सडकलाई महत्व र प्राथमिकता दिइएको छ ।
हिलवाङ, ओखोला र अर्मनखोलामा मोटरेबल पुल निर्माण गरेमा यो सडकमा बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न सकिने छिसवाङका बासिन्दा किशोर मल्लले बताए । यसअघि सङ्घीय सरकारले खहरेखोलामा ‘कल्भर्ट’ बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधन गुरुङ गृहमा फर्किए, तर छानबिन प्रतिवेदन गुपचुप राखियो
-
रास्वपा कर्णाली अधिवेशन : उपसभापतिसहित पदाधिकारी र सदस्य चयन
-
जी–७ सम्मेलनमा सहभागी नेताहरूको अनौपचारिक कुराकानी बाहिरियो, कस्ता विषयमा कुरा गरे ?
-
रास्वपाका प्रतिनिधिले पार्टीलाई ५ हजार शुल्क तिर्नुपर्ने, महँगो भएको गुनासो
-
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
-
एमाजनलाई उछिनेर विश्वको पाँचौं मूल्यवान कम्पनी बन्यो स्पेसएक्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण