अमेरिकी प्रतिबन्ध लागू गर्ने देशहरूलाई स्ट्रेट अफ होर्मुजमा सकस: इरान
सारांश
- अमेरिकी प्रतिबन्ध लागू गर्ने देशहरूले स्ट्रेट अफ होर्मुजमा आवतजावत गर्दा कठिनाइ सामना गर्नुपर्ने इरानले चेतावनी दिएको छ ।
- इरानी सैन्य प्रवक्ता ब्रिगेडियर जनरल अक्रामी निआले युद्धका क्रममा शत्रुको कुनै पनि उद्देश्य पूरा नभएको दाबी गरेका छन् ।
- उनले इरानको राजनीतिक सन्तुलन कमजोर नभएको बरु देशभित्र एकता र सामाजिक ऐक्यबद्धता अझ बलियो बनेको बताएका छन् ।
तेहरान । इरानविरुद्ध अमेरिकी प्रतिबन्ध लागू गर्ने कुनै पनि देशले स्ट्रेट अफ होर्मुजमा हुँदै आवतजावत गर्दा निश्चित रूपमा कठिनाइ सामना गर्नुपर्ने चेतावनी इरानले दिएको छ । इरानका सैन्य प्रवक्ता ब्रिगेडियर जनरल अक्रामी निआले यस्तो चेतावनी दिएका हुन् ।
इरानी समाचार संस्था तास्निम न्यूज एजेन्सीका अनुसार नियाले युद्धका क्रममा शत्रुको कुनै पनि उद्देश्य पूरा नभएको दाबी गरेका छन् ।
उनले इरानको राजनीतिक सन्तुलन कमजोर नभएको बरु देशभित्र एकता र सामाजिक ऐक्यबद्धता अझ बलियो बनेको बताएका छन् । सडकमा जनताको सडक उपस्थितिले पनि त्यो देखाएको उनले बताए । यो प्रतिरोध तोड्न नसक्ने बुझेपछि शत्रुले अन्ततः युद्धविराम स्वीकार गर्न बाध्य भएको उनी बताउँछन् ।
जारी युद्धविराम अवधिमा इरानले आफ्ना सैन्य क्षमता अझ सुदृढ बनाएको, सम्भावित लक्ष्यहरूको सूची अद्यावधिक गरेको तथा रक्षात्मक र आक्रामक रणनीतिमा सुधार गरेको पनि निआले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण