बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘छोटो छोटो जिन्दगी’मा स्मारिका र विक्रमको अभिनय

आइतबार, २७ वैशाख २०८३, १२ : २७
आइतबार, २७ वैशाख २०८३

सारांश

  • गायिका शान्तिश्री परियार र गायक विक्रम जङ्ग थापाको स्वर रहेको गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक भएको छ।
  • गीतले क्यान्सर पीडित महिला र उनको श्रीमान्को कथालाई म्युजिक भिडियोमार्फत प्रस्तुत गरेको छ।
  • भिडियोमा मोडल स्मारिका ढकाल र मोडल विक्रम जङ्ग थापाले मुख्य भूमिका निर्वाह गरेका छन्।

 काठमाडौं । गायिका शान्तिश्री परियार र गायक विक्रम जङ्ग थापाको स्वर रहेको गीत ‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक भएको छ। द्रोण अधिकारीको शब्द र करण न्यौपानेको सङ्गीत रहेको गीतले एक क्यान्सर पीडित महिला र उनको श्रीमान्को कथा भन्छ ।

गीतको म्युजिक भिडियोमा क्यान्सरको अन्तिम अवस्थामा पुगेकी एक युवती मोडल स्मारिका ढकाल र उनलाई स्याहार गरिरहेका श्रीमान् मोडल विक्रम जङ्ग थापाको भावनात्मक सम्बन्धलाई देखाइएको छ । अस्पतालको बेडमा मृत्युसँग लडिरहेकी पत्नी र उनलाई बचाउन श्रीमान्ले गरेको सङ्घर्ष र उनीहरूबीचका सुखद सम्झनाहरूलाई भिडियोमा कलात्मक ढङ्गले बुनिएको छ ।

क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडियो अजय रेग्मीले छायाङ्कन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप