बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

गौशालामा ३ थान ग्रिनेड फेला

आइतबार, २७ वैशाख २०८३, १४ : ०२
आइतबार, २७ वैशाख २०८३

सारांश

  • काठमाडौँ महानगरपालिका–९ पशुपति राममन्दिर नजिकै बेवारिसे अवस्थामा ३ थान ह्याण्ड ग्रिनेट फेला परेको छ ।
  • सेनाको टोलीले उक्त ग्रिनेटलाई डिस्पोज गरेको छ ।
  • प्रहरीले जेनजी प्रदर्शनको क्रममा ल्याएर फालेको आशंकामा अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ पशुपति राममन्दिर नजिकै ह्याण्ड ग्रिनेड भेटिएको छ । ३६ ह्याण्ड ग्रिनेड ३ थान फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । 

राममन्दिर नजिकै जङ्गल क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएको ग्रिनेड सेनाको टोलीले डिस्पोज गरेको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । 

सो ग्रिनेड जेनजी प्रदर्शनको क्रममा ल्याएर फालेको आशङ्का गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप