निर्मल लामाको निधनले नेपालको वामपन्थी आन्दोलनमा ठुलो क्षति भयो : मोहनविक्रम
सारांश
- नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वामपन्थी नेता निर्मल लामाको निधनले नेपालको वामपन्थी र प्रजातान्त्रिक आन्दोलनमा ठुलो क्षति पुगेको बताएका छन् ।
- सिंहले लामासँग सङ्घर्ष र एकताको सम्बन्ध रहेको र उहाँको कम्युनिस्ट आन्दोलनमा लामो योगदान रहेको स्मरण गरे ।
- उनले २०२५ सालपछि पार्टीलाई एकताबद्ध बनाउन र संविधानसभाको पक्षमा लामाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
काठमाडौँ । नेकपा(मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दिवङ्गत वामपन्थी नेता निर्मल लामा र आफूबिच सङ्घर्ष र एकताको सम्बन्ध रहेको बताएका छन् । २६औँ निर्मल लामा स्मृति दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा सिंहले उनको निधनले वामपन्थी र प्रजातान्त्रिक आन्दोलनमा धेरै क्षति पुगेको बताएका हुन् ।
‘नेपालको वामपन्थी र प्रजातान्त्रिक आन्दोलनमा उहाँको लामो योगदान छ । कम्युनिस्ट आन्दोलनमा धेरै महत्त्व छ । हामीबिच मतभेद रहे पनि घनिष्ठ सम्बन्ध रहेको थियो । दरभंगा प्लेनममा पनि सँगै काम गरेका थियौँ । संविधानसभाको पक्षमा उहाँको महत्त्वपूर्ण योगदान रहेको थियो’, सिंहले भने, ‘खासगरी २०२५ सालपछि पार्टीलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो । २०३१ सालमा नेकपाको चौथो महाधिवेशन भयो । त्यस पार्टी नै ठुलो पार्टी थियो । पार्टीमा काम गर्ने सिलसिलामा हामीबिच मतभेद भए । तर मतभेद र एकीकरणको सम्बन्ध रह्यो ।’
सिंहले पञ्चायती चुनावलाई उपयोग गर्ने, नेपाली कांग्रेसलाई हेर्ने दृष्टिकोण लगायत विषयमा आफूहरूबिच गम्भीर मतभेद रहेको स्मरण गरे ।
२०४० सालमा आफू र लामा नहुँदा पार्टी नै विभाजन भएको उनले स्मरण गरे । त्यस विभाजनले वामपन्थी आन्दोलनलाई ठुलो क्षति भएको सिंहले बताए ।
लामाको अन्तिम जीवनकालमा आफूहरूबिच घनिष्ठ सम्बन्ध रहेको पनि उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण