लेबनानमा इजरायली आक्रमण तीव्र : पछिल्लो २४ घण्टामा स्वास्थ्यकर्मीसहित ५१ जनाको मृत्यु
सारांश
- लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा दुई स्वास्थ्यकर्मीसहित ५१ जनाको मृत्यु भएको छ।
- इजरायली सेनाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै स्वास्थ्य केन्द्रहरूमा हवाई आक्रमण गरेको मन्त्रालयले जनाएको छ।
- मार्च २ देखि सुरु भएको सैन्य अभियानयता लेबनानमा २,८४६ जनाको मृत्यु भएको छ भने १२ लाखभन्दा बढी विस्थापित भएका छन्।
बेरुत । लेबनानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा भएका इजरायली आक्रमणहरूमा दुई स्वास्थ्यकर्मीसहित ५१ जनाको ज्यान गएको जनाएको छ।
इजरायली सेनाले अन्तर्राष्ट्रिय कानुन र मानवीय मापदण्डको उल्लङ्घन गर्दै प्यारामेडिकहरूलाई लक्षित गरी बिन्त जुबेल जिल्लाको कलाविया र तिबनिनमा रहेका स्वास्थ्य केन्द्रहरूमा दुईवटा हवाई आक्रमण गरेको मन्त्रालयले बताएको हो।
संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम तेस्रो हप्तामा प्रवेश गरे पनि हिंसा रोकिएको छैन। गत मार्च २ मा इजरायली सेनाले नयाँ सैन्य अभियान सुरु गरेयता लेबनानभर २ हजार ८ सय ४६ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्याङ्क छ। संयुक्त राष्ट्रसंघका अनुसार यस अवधिमा भएका १ सय ३० भन्दा बढी इजरायली आक्रमणमा कम्तीमा १ सय ३ लेबनानी स्वास्थ्यकर्मी मारिएका छन् भने २ सय ३० जना घाइते भएका छन्।
दक्षिण लेबनानको टायरमा रहेका लेबनानी नागरिक रक्षाका प्रमुख अली सफिउद्दीनले आफूहरू हरेक सेकेन्ड र हरेक दिन खतरामा रहेको बताएका छन्। उनले आफूहरू बाँच्ने हो कि मर्ने भन्ने कुरा सधैँ मनमा खेलिरहने र यहाँ काम गर्नुको अर्थ जीवन त्यागिसकेको जस्तो लाग्ने पीडा व्यक्त गरेका छन्। उनले आफ्ना धेरै साथीहरू गुमाइसकेकाले आफूहरू पनि मरिसकेको जस्तो महसुस हुने बताएका छन्।
इजरायली आक्रमणका कारण मार्च २ यता १२ लाखभन्दा बढी लेबनानीहरू विस्थापित भएका छन्। अप्रिल १६ देखि युद्धविराम लागू भएको भनिए पनि त्यसयता आक्रमणको सङ्ख्या झन् बढ्दै गएको पाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण