लेवनानमा नेपाली शान्ति सैनिकको अदलीबदली
सारांश
- संयुक्त राष्ट्र सङ्घीय अन्तरिम बल अन्तर्गत लेवनानमा कार्यरत श्री सबुज गण (शान्ति सेना) ६६औँ डफ्फालाई बदली गर्नका लागि श्री बिष्णुदल गण (शान्ति सेना) ६७औँ डफ्फाको ९१ जनाको तेस्रो टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
- ९१ जना नेपाली शान्ति सैनिकहरूको टोली वैशाख २६ गते मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
- हाल लेवनानस्थित उक्त शान्ति मिसनमा नेपाली सेनाका ५५४ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन् ।
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनाका लागि लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको टोली अदलीबदली भएको छ ।
संयुक्त राष्ट्र सङ्घीय अन्तरिम बल अन्तर्गत लेवनानमा कार्यरत श्री सबुज गण (शान्ति सेना) ६६औँ डफ्फालाई बदली गर्नका लागि श्री बिष्णुदल गण (शान्ति सेना) ६७औँ डफ्फाको ९१ जनाको तेस्रो टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, ९१ जना नेपाली शान्ति सैनिकहरूको यो टोली वैशाख २६ गते मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।
यसै गरी, उक्त मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका ६६औँ डफ्फाका ९१ जना नेपाली शान्ति सैनिकहरू वैशाख २५ गते स्वदेश फिर्ता भएका थिए ।
हाल लेवनानस्थित उक्त शान्ति मिसनमा नेपाली सेनाका ५५४ जना शान्ति सैनिकहरू कार्यरत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण