ट्रम्पको आलोचना नकार्दै इरानले भन्यो – हाम्रो प्रस्ताव उदार र उचित थियो
तेहरान । अमेरिका–इजरायल युद्ध अन्त्यका लागि आफूले दिएको पछिल्लो प्रस्ताव उचित र उदार रहेको दाबी गर्दै इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना अस्वीकार गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार आयोजित पत्रकार सम्मेलनमा इरानले पेस गरेको प्रस्ताव केवल राष्ट्रिय हितका लागि नभई सम्पूर्ण क्षेत्र र विश्वको स्थायित्व तथा सुरक्षाका लागि समेत जिम्मेवार र सकारात्मक रहेको बताए ।
'हामीले प्रस्तावमा प्रस्तुत गरेको सबै मागहरू उचित, जिम्मेवार र उदार थिए । ती केवल इरानको राष्ट्रिय हितका लागि होइन, क्षेत्रीय तथा विश्व शान्ति र सुरक्षाका लागि पनि आवश्यक थिए,' उनले भने । यसअघि ट्रम्पले आइतबार इरानको प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार्य बताएका थिए ।
इरानले आफ्नो प्रस्तावमा क्षेत्रीय युद्ध अन्त्य, इरानी जहाजमाथि भइरहेको भनिएको समुद्री डकैती रोक्नुपर्ने तथा अमेरिकी दबाबका कारण विदेशी बैंकहरूमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने माग राखेको जनाएको छ ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार प्रतिप्रस्तावमा स्ट्रेट अफ होर्मुजमाथिको आफ्नो सार्वभौमिकता मान्यता दिनुपर्ने र युद्धबाट भएको क्षतिको क्षतिपूर्ति पनि समावेश गरिएको छ ।
ट्रम्पले प्रस्ताव अस्वीकार गरे पनि इरान आफ्नो राष्ट्रिय हितमा केन्द्रित रहेको बघाइले बताएका छन् । 'प्रक्रिया जारी राख्ने विषयमा हामीले देखाइसकेका छौं कि सबै अवरोधका बाबजुद पनि हामी इरानको राष्ट्रिय हितमा केन्द्रित छौं । आफ्ना हित सुरक्षित गर्न आवश्यक पर्ने जुनसुकै कदम चाल्न तयार छौं,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण