आयोगले सुकुमबासीहरूको अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन सरकारलाई पठायो (पूर्णपाठ)
सारांश
- राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यकाका सुकुमबासीहरूको मानव अधिकारको अवस्थाबारे अनुगमन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ।
- सरकारले सुकुमबासी बस्ती हटाएपछि परेको असरबारे स्थलगत अनुगमन गरी आयोगले प्रतिवेदन तयार पारेको थियो।
- प्रतिवेदनमा विस्थापितहरूको पोषण, स्वास्थ्य, शिक्षा, रोजगारी र दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई सुझाव दिइएको छ।
ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार र सार्वजनिक जग्गामा बसोबास गरिरहेका सुकुमबासीहरूको मानव अधिकारको अवस्थाबारे तयार पारेको अनुगमन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ।
सरकारले सुकुमबासी बस्तीका घर तथा टहराहरू हटाएपछि त्यहाँका बासिन्दाको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा परेको असरबारे आयोगले स्थलगत अनुगमन गरी प्रतिवेदन तयार पारेको थियो।
आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलका अनुसार प्रतिवेदनमा विस्थापित भएकामध्ये विशेष गरी गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीहरूलाई आवश्यक पोषणयुक्त खानेकुरा तथा औषधि नियमित रूपमा उपलब्ध गराउन सरकारलाई सुझाव दिइएको छ।
यस्तै, होल्डिङ सेन्टरमा राखिएका व्यक्तिहरूलाई मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउन र लैङ्गिक संवेदनशील विषयहरूलाई सम्बोधन गर्न समेत आयोगले आग्रह गरेको छ।
अनुगमन प्रतिवेदनमा विस्थापित बालबालिकाको गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गर्न, विस्थापितहरूको रोजगारीको व्यवस्था गर्न र सांस्कृतिक महत्त्वका संरचनाहरूको उचित स्थानान्तरण गर्न समेत जोड दिइएको आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आयोगले नदी किनार र सरकारी जग्गामा बसेका सुकुमबासीहरूको यथार्थ लगत तयार गरी उनीहरूको दीर्घकालीन व्यवस्थापन गर्न सरकारलाई निर्देश गरेको छ।‘वास्तविक सुकुमबासीहरूको पहिचान गरी उनीहरूका लागि अविलम्ब बसोबासको उचित व्यवस्थापन गर्न आयोगले सरकारलाई विभिन्न सुझावहरू पेस गरेको छ,’विज्ञप्तिमा भनिएको छ ।
आयोगले सुकुमबासीहरूको मानव अधिकार संरक्षणका लागि सरकारलाई गम्भीर हुन र प्रतिवेदनमा दिइएका सुझावहरूलाई तत्काल कार्यान्वयन गर्न समेत ध्यानाकर्षण गराएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण