बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

महिला राष्ट्रिय कबड्डीको फाइनलमा नेपाल प्रहरी

मङ्गलबार, २९ वैशाख २०८३, ०४ : २६
मङ्गलबार, २९ वैशाख २०८३

सुनसरी  । इनरुवामा जारी प्रथम कोसीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा सोमबार भएको पहिलो सेमिफाइनलमा नेपाल प्रहरी फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल प्रहरी फाइनलको यात्रा तय गरेको हो ।

प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई १८–१७ अङ्कले हराउँदै नेपाल प्रहरी फाइनलमा प्रवेशको आयोजक संस्थाका अध्यक्ष तरुणकुमार यादवले जानकारी दिए । खेलको म्यान अफ दी म्याच नेपाल प्रहरीकी खेलाडी मुस्कान कर्ण भएकी थिइन् ।

त्यसैगरी, सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेको छ । कोसी प्रदेशलाई २५ का विरुद्ध ३३ अङ्कले पराजित गर्दै सशस्त्र प्रहरी फाइनलमा प्रवेश गरेको राष्ट्रिय कबड्डीका अन्तर्राष्ट्रिय रेफरी तथा आयोजक संस्थाका अध्यक्ष तरुणकुमार यादवले बताए ।

मंगलबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबिच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पहिलो सेमिफाइनल खेलमा म्यान अफ दी म्याच भएकी कर्णलाई सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेले हस्तान्तरण गरेका थिए ।

प्रतियोगितामा उपाधि विजेताले रु एक लाख र ट्रफी, दोस्रो हुनेले रु ५० हजारसहित ट्रफी र तेस्रो हुने दुई वटा समूहलाई रु २५–२५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप