‘मितज्यू’को ट्रेलरः दयाहाङ र सौगातको मितेरी साइनोको कथा
सारांश
- दयाहाङ राई र सौगात मल्ल अभिनित फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ ।
- ट्रेलरमा दुई साथीबीचको मितेरी साइनोको कथालाई ग्रामीण परिवेशमा देखाइएको छ ।
- यो फिल्म जेठ ८ गतेबाट नेपालसहित विभिन्न देशहरूमा प्रदर्शन हुनेछ ।
काठमाडौँ । दयाहाङ राई र सौगात मल्ल अभिनीत फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा दयाहाङ र सौगातको मितेरी साइनोको कथा देखाइएको छ ।
गाउँमा आएको नयाँ बाटोका गाडी चालक हुन्। एकअर्कामा प्रतिस्पर्धा गर्दै कसले मान्छे छिटो गन्तव्यमा पुर्याउने भन्नेमा छ । सोही क्रममा मितेरी साइलो लगाएका दया र सौगातबिचको मित्रका फिल्ममा देख्न सकिन्छ । कुनै समय नेपालमा मितेरी साइनो लगाउने चलन थियो । सोही कुरालाई समेत गहिरो रुपमा अध्ययन गरि निर्माण गरिएको यो फिल्मको ट्रेलरले निकै अर्थपूर्ण भाव प्रस्तुत गरेको छ ।
जनक घर्ती मगरले निर्माण गरेको फिल्म ग्रामीण परिवेशमा निर्माण भएका हो । फिल्ममा दयाहाङ र सौगातको अलवा तेरिया फौजा मगरका साथै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तमराज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई तथा खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूको अभिनय छ।
फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् । साथै, फिल्मको एक गीतमा अभिनेत्री रुषा न्यौपानेको विशेष नृत्य पनि समावेश गरिएको छ। अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायाङ्कन, श्रीकृष्ण बम मल्लको संगीत छ।
आरआर फिल्म्सले वितरण गर्ने यस फिल्मको डिजिटल अधिकार ओएसआरले खरिद गरेको छ। आगामी जेठ ८ गतेबाट नेपालभरका प्रदर्शन हुने फिल्म हङकङ, जापान, साउथ कोरिया, माल्टा, सिंगापुर र पोल्याण्डमा एकसाथ प्रदर्शन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण