व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग
तनहुँ । व्यास नगरपालिकाले दीर्घरोगीलाई रु ३९ लाख भत्ताबापत सहयोग गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा २६६ जना दीर्घरोगीलाई मासिक रु पाँच हजारका दरले रु ३९ लाख २८ हजार सहयोग गरेको हो ।
उक्त रकम सम्बन्धित व्यक्तिको बैंक खातामा दाखिला गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए। दीर्घरोगका कारण नियमित उपचार गर्नुपर्ने र आर्थिक रूपमा समस्यामा परेका नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको उनले बताए ।
नगरपालिकाले क्यान्सर, मिर्गौला रोग, मुटुरोग, पक्षघातलगायतका दीर्घरोगबाट पीडित नागरिकलाई लक्षित गरी यो सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यस्ता रोगका बिरामीले नियमित औषधोपचार, परीक्षण तथा अस्पताल आवतजावतमा ठूलो आर्थिक भार व्यहोर्नुपर्ने भएकाले स्थानीय सरकारले सहयोगको नीति अघि सारेको उनको भनाइ छ ।
“दीर्घरोगका बिरामीलाई उपचार खर्च जुटाउन निकै कठिन हुने अवस्था छ । स्थानीय सरकार नागरिकको नजिकको सरकार भएकाले यस्ता वर्गलाई प्राथमिकतामा राखेर सहयोग कार्यक्रम सञ्चालन गरिएको हो”, प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने ।
नगरपालिकाले सामाजिक सुरक्षा तथा जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । दीर्घरोगीलाई आर्थिक सहयोग, स्वास्थ्य शिविर, निःशुल्क परीक्षण तथा जनचेतनामूलक कार्यक्रममार्फत नागरिकको स्वास्थ्य अवस्थालाई सुधार गर्ने प्रयास भइरहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।
स्थानीयवासीले नगरपालिकाको यो कार्यक्रम सकारात्मक र उदाहरणीय भएको बताएका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेका बिरामीलाई मासिक सहयोगले केही राहत पुगेको उनीहरूको भनाइ छ । विशेष गरी नियमित औषधि सेवन गर्नुपर्ने तथा अस्पतालमा बारम्बार पुग्नुपर्ने बिरामीलाई यस्तो सहयोग प्रभावकारी बनेको स्थानीयको अनुभव छ ।
नगरपालिकाले आगामी वर्षहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने नगरप्रमुख न्यौपानेले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व कार्यालयद्वारा २७ अर्ब राजस्व सङ्कलन
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण