बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘मन विनाको धन २’को मुख्य भूमिकामा पूजा

मङ्गलबार, २९ वैशाख २०८३, ११ : ११
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • गतवर्ष रिलिज भएको फिल्म ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ ।
  • फिल्मको मुख्य अभिनेत्रीको रूपमा पूजा शर्मा फाइनल भएकी छन् ।
  • भदौबाट छायाङ्कन सुरु हुने फिल्मको कथा, संगीत र निर्देशन टंक बुढाथोकीले गर्नेछन् ।

काठमाडौँ । गतवर्ष रिलिज भएको फिल्म ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ । निर्माता निर्देशक टंक बुढाथोकीले नै फिल्मको सिक्वेल बनाउने भएका हुन् । फिल्मको मुख्य अभिनेत्रीको रूपमा उनले पूजा शर्मा फाइनल गरेका छन् ।

टंक आफैले निर्देशन गर्ने फिल्म टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुति रहनेछ । फिल्ममा पटकथा तथा संवाद शिवम् अधिकारीको छ । फिल्ममा कथा र संगीत पनि टंककै रहनेछ ।

भदौबाट छायाङ्कन सुरु हुने बताइएको फिल्ममा अरूको कलाकार रहने हुन् भन्ने बिषयमा निर्माण पक्षले केही पनि बताएको छैन ।

‘हामी, अहिले प्रि–प्रोडक्सनको काममा व्यस्त छौं । सुरुवातमै पूजाजीलाई फिल्ममा अनुबन्धित गरेका छौं । अरू, कलाकारहरुलाई पनि एकपछि अर्को रूपमा अनुबन्धित गर्ने तयारी भइरहेको छ’, टंकले भने ।

अभिनेत्री शर्माले फिल्मको कथा राम्रो लागेर जोडिएको बताइन् । फिल्मलाई विष्णु माया मैनालीले निर्माण गर्नेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप