१० महिनामा काठमाडौं महानगरको खर्च ४१ प्रतिशत
सारांश
- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा ४१ प्रतिशत खर्च गरेको छ ।
- महानगरको वित्त विभागका अनुसार महानगरपालिकाको हालसम्मको कुल खर्च ४०.९४ प्रतिशत र वडाहरूको औसत खर्च ३९.३ प्रतिशत छ ।
- महानगरले ठुला, मझौला र साना गरी तीन प्रकृतिमा वडाहरूलाई विभाजन गरेर बजेट विनियोजन गर्ने गरेको छ ।
काठमाडौँ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को १० महिनामा ४१ प्रतिशत खर्च गरेको छ । महानगरपालिका अनुसार वैशाखको तेस्रो सातासम्म करिब ४१ प्रतिशत खर्च गरेको छ ।
महानगरको वित्त विभागका अनुसार महानगरपालिकाको हालसम्मको कुल खर्च ४०.९४ प्रतिशत र वडाहरूको औसत खर्च ३९.३ प्रतिशत छ । महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
विभागका अनुसार सबैभन्दा बढी खर्च गर्ने वडाले ५७.१७ प्रतिशत र सबैभन्दा कम गर्नेले १३.२१ प्रतिशत प्रगति हासिल गरेका छन् ।
महानगरले वडाहरूलाई ठुला, मझौला र साना गरी तीन प्रकृतिमा विभाजन गरेर बजेट विनियोजन गर्ने गरेको छ ।
ठुला वडा १५ वटा रहेको छ । जसलाई १० करोड रुपैयाँ थप पूर्वाधारका लागि ७ करोड रुपैयाँ विनियोजन हुन्छ । यस्तै मझौला वडा ११ वटा रहेका छन । जसलाई वार्षिक ७ करोड ५० लाख रुपैयाँ र थप पूर्वाधारका लागि ५ करोड विनियोजन भएको छ ।
यस्तै ६ वटा साना वडाहरुलाई वार्षिक वडागत ५ करोड रुपैयाँ र थप पूर्वाधारका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ ।
यसबाहेक सामाजिक कार्य, खेलकुद, सरसफाइ र जात्रा पर्व सञ्चालनका लागि पनि वडाहरूलाई छुट्टाछुट्टै बजेट पठाउने गरिएको छ ।
विनियोजित पूर्वाधार विकास बजेटको न्यूनतम ५० प्रतिशत अनिवार्य रूपमा पूर्वाधारमै खर्च गर्नुपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण