मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

उद्योग तथा वाणिज्य समितिद्वारा बैठक व्यवस्थापनका लागि उपसमिति गठन

मङ्गलबार, २९ वैशाख २०८३, १३ : २३
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठक व्यवस्थापन र कार्य सहजीकरणका लागि संसदीय उपसमिति गठन गरेको छ।
  • समितिको बैठकमा विभिन्न दलका प्रतिनिधिहरू समेटेर उपसमिति निर्माण गर्ने निर्णय गरिएको छ।
  • यो उपसमितिले बैठकको आन्तरिक व्यवस्थापन, कार्यसूची समन्वय र समितिको समग्र कामलाई व्यवस्थित बनाउन भूमिका खेल्नेछ।

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले समितिको बैठक व्यवस्थापन तथा कार्य सहजीकरणलाई प्रभावकारी बनाउन संसदीय उपसमिति गठन गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न दलका प्रतिनिधिहरू समेटेर उक्त उपसमिति निर्माण गर्ने निर्णय गरेको हो।

समिति सभापति रहबर अन्सारीका अनुसार यो उपसमिति नितान्त बैठकको आन्तरिक व्यवस्थापन र कार्य सञ्चालनमा सहजीकरण गर्ने उद्देश्यले गठन गरिएको हो। उपसमितिले आगामी बैठकहरूको व्यवस्थापन, कार्यसूची समन्वय तथा समितिको समग्र कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्ने उनले बताए।

उपसमितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रभा कार्की, हरिमोहन भण्डारी र प्रकाश पाठक सदस्य रहेका छन्। त्यसैगरी, नेपाली काँग्रेसबाट टेक बहादुर गुरुङ, नेकपा (एमाले) बाट कृपाराम राना र नेपाल कम्युनिष्ट पार्टीबाट निराशा चौधरीलाई सदस्य तोकिएको छ।

सभापति अन्सारीले उपसमिति गठनबारे जानकारी दिँदै भने, ‘कार्य सहजीकरण तथा बैठक व्यवस्थापनसम्बन्धी उपसमिति गठन गरेका छौँ। यो नितान्त बैठक व्यवस्थापनको लागि बनेको उपसमिति हो।

उपसमितिमा रास्वपाको तर्फबाट प्रभा कार्की, हरिमोहन भण्डारी र प्रकाश पाठक, नेपाली काँग्रेसको तर्फबाट टेकबहादुर गुरुङ, नेकपा (एमाले) बाट कृपाराम राना र नेपाली कम्युनिष्ट पार्टीबाट निराशा चौधरीज्यु रहनुभएको छ।’ उपसमितिले समितिको प्रशासनिक र व्यवस्थापकीय पक्षलाई चुस्त बनाउन सहयोग पुर्‍याउने अपेक्षा लिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप