निजगढमा शङ्कास्पद मृत्यु भएकी युवतीको शव पोस्टमार्टमका लागि काठमाडौँ पठाइयो
सारांश
- निजगढ नगरपालिका-९ बुद्धचोकस्थित गुरुङ होटलमा बस्न जाँदा शंकास्पद मृत्यु भएकी २५ वर्षीया सीता थिङको शव पोस्टमार्टमका लागि काठमाडौँ पठाइएको छ ।
- प्रहरीले मृतक थिङसँगै होटल गएका तीन जनालाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
- मृतकको घाँटीमा मार्क देखिएको र एक आरोपीको गालामा चोट देखिएकाले झगडा हुँदा हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।
बारा । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलमा बस्न जाँदा शङ्कास्पद मृत्यु भएकी युवतीको शव पोस्टमार्टमका लागि काठमाडौँ पठाइएको छ ।
वैशाख २५ मा निजगढ–१२ बस्ने २५ वर्षीया सीता थिङ होटलभित्र घाइते अवस्थामा रहेको जानकारी पाएपछि प्रहरीले उनलाई नजिकैको सामुदायिक अस्पताल प्रसूति गृहमा पठाएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उनको शव पोस्टमार्टमका लागि काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको बाराका एसपी नरेन्द्र कुँवरले बताए । उनले भने, ‘शव शिक्षण अस्पताल पठाएका छौं, पोस्टमार्टम रिपोर्ट आएको छैन ।’
मृतक थिङसँगै १८ वर्षीया अनु सुनार, जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङ्गिया बस्तीमा बस्ने ३५ वर्षीय महेश माझी र ३६ वर्षीय सुनिल बोम्जन होटलमा सँगै गएका थिए । महेश माझी र सीता थिङ एउटा कोठामा बसेका थिए । प्रहरीले मृतकसँगै गएका ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरू विरुद्ध इलाका प्रहरी कार्यालय निजगढले ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । मृतकसँगै बसेका माझीले शौचालयमा गएर थिङ झुण्डिएपछि उद्धार गरेको जिकिर गरेका छन् । मृतकको घाँटीमा मार्क देखिएको छ । अर्को कोठामा बसेका अनु सुनार र सुनिल बोम्जनले पनि झुन्डिएको अवस्थामा आफूहरूले उद्धार गरेको प्रहरीलाई बताएका छन् ।
माझीको दाहिने गालामा चोट देखिएको हुनाले झगडा हुँदा हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । बाराका एसपी कुँवर भन्छन्, ‘हत्याको मनसाय थियो कि थिएन भन्नेबारे अनुसन्धान गर्दै छौं ।’
आरोपी मध्येका बोम्जनलाई प्रहरीले घटना भएको बिहान १ बजे टाङ्गिया बस्ती नजिकैको जंगलबाट पक्राउ गरेको थियो । महेश माझीलाई बिहान ४ बजेतिर निजगढ नगरपालिका–७ बाट पक्राउ गरिएको एसपी कुँवरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण