शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

नीति तथा कार्यक्रममा पुरानै शब्दहरूको पुनरावृत्ति देखियो : प्रमुख प्रतिपक्षी दलका नेता

मङ्गलबार, २९ वैशाख २०८३, १४ : २३
मङ्गलबार, २९ वैशाख २०८३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आलोचना गरेका छन् । उनले सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रममा अनेकौँ त्रुटी र खोटहरू रहेको जिकिर गरे । 

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका घोषणाहरू फगत आश्वासन र सस्तो प्रचारबाजीको साधन मात्र बन्ने चिन्ता व्यक्त गरे । 

 नीति तथा कार्यक्रम र बजेटबीच कुनै तादात्म्यता नरहने देखिएको, पुरानै शब्दहरूको पुनरावृत्ति गरिएको र स्रोत जुटाउने ठोस योजना नभएको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप