शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
सेयर बजार

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

मङ्गलबार, २९ वैशाख २०८३, १५ : ४५
मङ्गलबार, २९ वैशाख २०८३

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९.४४ अंकले घटेर २७४४.४० बिन्दुमा झरेको छ ।

यो दिन ३३८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हदा ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । बजारमा १३ कम्पनीको सेयर मलय बढ्दा २५१ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

आजको कारोबारमा धौलागिरी लघवित्तको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाउँदा अन्य कम्पनीहरुमा सामान्य मात्रै उतारचढाव देखिएको छ । 

आज सबैभन्दा धेरै कारोबार नेसनल हाइड्रोको भएको छ । नेसनलको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै रिलाइन्स स्पिीनिङको १७ करोड, रिडि पावरको १६ करोड, शिवम् सिमेन्टको १५ करोड र एसवाई प्यानलको १४ करोड रुपैया बराबरको कारोबार भएको छ । 

समूहगत रुपमा म्युचुअल फण्ड बाहेक अरु सबै समूहमा घटेको छ । ट्रेडिङ, हाइड्रो, होटल र फाइनान्स समूहमा २ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप