उत्तमको निर्देशनमा ‘मायादेवी’ बन्ने
सारांश
- उत्तम अधिकारीको निर्देशन रहने वेब सिरिज ‘मायादेवी’को शुभ–मुहूर्त गरिएको छ ।
- ‘सत्य र पीडाको एक रङ्ग’ स्लोगन सहितको यो सिरिजले गम्भीर र यथार्थपरक कथावस्तुलाई समेट्ने निर्देशक अधिकारीले बताए ।
- रवि गिरी, उत्तम केसी, दिया जिसी लगायत स्थापित र नयाँ कलाकारको अभिनय रहने यस सिरिजलाई सिल्भर वुल्फ मिडिया र यादबिका एण्ड रियासा फिल्मले संयुक्त रुपमा निर्माण गर्दैछन् ।
काठमाडौँ । उत्तम अधिकारीको निर्देशन रहने वेब सिरिज ‘मायादेवी’ को शुभ–मुहूर्त गरिएको छ । मंगलबार कोटेश्वर स्थित महादेव मन्दिरमा पत्रकार तथा कलाकारको उपस्थितिमा सिरिजको मुहूर्त गरिएको हो ।
‘सत्य र पीडाको एक रङ्ग’ स्लोगन राखेको सिरिजले गम्भीर र यथार्थपरक कथावस्तु उठाउन लागेको निर्देशक अधिकारीले बताए । नेपाली सिरिजको बजारमा यसले एउटा फरक पहिचान बनाउने उनको भनाई छ ।
रवि गिरी, उत्तम केसी, दिया जिसी, गोविन्द थापा, कर्मा लामा, रामहरि खड्का, देव महर्जन, निर्मल लम्साल, सरिता भण्डारी, सुशीला थापा, गुणाकर अधिकारी, अर्जुन साह, प्रवन भुसाल, मना महर्जन, विजय लामा, सानुमाया लगायत सिरिजमा स्थापित र नयाँ कलाकारको अभिनय रहनेछ ।
सिल्भर वुल्फ मिडिया र यादबिका एण्ड रियासा फिल्मको संयुक्त प्रस्तुतिमा निर्माण हुन लागेको सिरिज चक्र बहादुर बरालको छायाङ्कन, सन्तोष के. श्रेष्ठको सम्पादन रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण