अफ्रिकामा २७ अर्ब डलर लगानी गर्ने फ्रान्सेली राष्ट्रपतिको घोषणा
नैरोबी । फ्रान्सका राष्ट्रपति इम्षनुअल म्याक्रोँले केन्यामा आयोजित 'अफ्रिका फर्वार्ड' सम्मेलनका क्रममा अफ्रिकामा २३ अर्ब युरो अर्थात् करिब २७ अर्ब अमेरिकी डलर बराबरको लगानी घोषणा गरेका छन् ।
दुईदिने सम्मेलन सोमबार नैरोबीमा सुरु भएको हो । यो फ्रान्सले अंग्रेजीभाषी अफ्रिकी मुलुकमा आयोजना गरेको पहिलो ठुलो सम्मेलन मानिएको छ । कार्यक्रममा ३० भन्दा बढी अफ्रिकी राष्ट्रका राष्ट्रप्रमुख तथा नेताहरू सहभागी भएका छन् ।
म्याक्रोंले फ्रान्स र अफ्रिकाबिच 'समान साझेदारी' रहेको भन्दै दुवै पक्षका साझा उद्देश्य ऊर्जा रूपान्तरण, कृषि र एअआईको क्षेत्रमा सहकार्य बढाउनु रहेको बताएका छन् ।
उनका अनुसार फ्रान्सेली कम्पनीहरूले निजी तथा सार्वजनिक कोषमार्फत १४ अर्ब युरो लगानी गर्नेछन् भने अफ्रिकी कम्पनीहरूले थप ९ अर्ब युरो लगानी गर्नेछन् । यी परियोजनाबाट फ्रान्स र अफ्रिकामा संयुक्त रूपमा करिब २ लाख ५० हजार रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।
'हामी केवल अफ्रिकामा लगानी गर्न मात्र आएका होइनौँ, हामी उत्कृष्ट अफ्रिकी व्यवसायीहरूले फ्रान्समा पनि लगानी गरून भन्ने चाहन्छौँ,' सम्मेलनमा सहभागी अफ्रिकी नेताहरूलाई सम्बोधन गर्दै म्याक्रोंले भने । उनले फ्रान्स–अफ्रिका सम्बन्ध अब पुराना मानसिक बोझबाट मुक्त भएको दाबी पनि गरे ।
विश्लेषकहरूले यस सम्मेलनलाई फ्रान्सले आफ्ना पूर्वउपनिवेशहरूसँग कमजोर बन्दै गएको सम्बन्धबिच अंग्रेजीभाषी अफ्रिकी देशहरूसँग सम्बन्ध सुदृढ गर्ने प्रयासका रूपमा हेरेका छन् ।
सम्मेलनमा अफ्रिकाका सबैभन्दा धनी व्यक्ति अलिको डाङ्गोटे पनि सहभागी थिए । यसमा फ्रन्सेली दूरसञ्चार कम्पनीहरु टोटल एनर्जीज र अरेन्जकाका उच्च अधिकारीहरू पनि कार्यक्रममा उपस्थित थिए । यसैबिच फ्रन्सेली ढुवानी कम्पनी सीएमए सीजीएमले मोम्बासा बन्दरगाहस्थित टर्मिनल आधुनिकीकरणका लागि ७० करोड युरो लगानी गर्ने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण