नागढुङ्गा सुरुङ मार्ग आयोजनाका लागि धादिङमा जग्गा अधिग्रहण प्रक्रिया सुरु
सारांश
- नागढुङ्गा सुरुङ मार्ग आयोजनाको पश्चिम खण्डमा पहिरो रोकथामका लागि धादिङको धुनिबेशी नगरपालिका वडा नं। ९ मा पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ।
- जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गरी प्रभावित क्षेत्रका जग्गाधनीहरूलाई मुआब्जा दाबी गर्न ३५ दिने म्याद दिएको छ।
- तोकिएको म्यादभित्र आवश्यक प्रमाण सहित निवेदन नदिएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा प्रशासनले स्पष्ट पारेको छ।
धादिङ । नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना अन्तर्गत पश्चिम खण्डमा पहिरो रोकथामका लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै प्रभावित क्षेत्रका जग्गाधनीहरूलाई मुआब्जा दाबी गर्न ३५ दिने म्याद दिएको छ।
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यस आयोजनाको पश्चिम खण्डमा हुनसक्ने पहिरो रोकथामका लागि थप जग्गा आवश्यक परेको हो। मन्त्रिपरिषद्को मिति २०८२र१२र२४ को निर्णय अनुसार धादिङको धुनिबेशी नगरपालिका वडा नं। ९ मा पर्ने निश्चित जग्गाहरू अधिग्रहण गर्न लागिएको हो।
जग्गाधनीहरूले आफ्नो हकदाबी वा भोगचलन सम्बन्धी आवश्यक प्रमाण, निस्सा र कागजपत्र सहित जिल्ला प्रशासन कार्यालय, धादिङमा रीतपूर्वकको निवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
तोकिएको म्यादभित्र निवेदन नदिएमा कानुन बमोजिम हुने र पछि कुनै पनि उजुरबाजुर नलाग्ने प्रशासनले प्रष्ट पारेको छ।
धुनिबेशी९ का अकल बहादुर तामाङ, सुन बिर तामाङ, गोविन्द बहादुर गुरुङ लामा, कुमार तामाङ र रविन तामाङको नाममा रहेका विभिन्न कित्ताका जग्गाहरू अधिग्रहण गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण