बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

महामन्त्री भूपदेव शाहको संयोजकत्वमा रास्वपाले बनायो एकता समायोजन समिति

बुधबार, ३० वैशाख २०८३, ११ : ४९
बुधबार, ३० वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री भूपदेव साहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ।
  • बुधवार बसेको केन्द्रीय समितिको बैठकले शाहको नेतृत्वमा समिति गठन गरेको हो र जेठ १० गतेसम्म समायोजन मस्यौदा पेस गर्न समय सीमा तोकेको छ।
  • रास्वपाले यसअघि फागुनमा भएको निर्वाचनअघि विभिन्न समूहहरूसँग एकता गरेको थियो।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव साहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ । 

बुधवार बिहान बसेको केन्द्रीय समितिको बैठकले शाहको नेतृत्वमा समायोजन समिति गठन गरेको हो । समितिको सदस्यहरूमा विष्णु पुरुष श्रेष्ठ, रामकृष्ण भट्टराई लगायत रहेको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । आचार्यका अनुसार बैठकले समायोजन सम्बन्धी मस्यौदा पेस गर्न जेठ १० गतेको समय सीमा तोकेको छ । 

‘बैठकले महामन्त्री भूपदेव शाहको संयोजकत्वमा एकता समायोजन समिति गठन गरेको छ । जेठ १० गतेसम्म समायोजन मस्यौदा पेस गर्न निर्देशन दिएको छ’, उनले भने । 

रास्वपाले फागुनमा भएको निर्वाचनअघि विवेकशील साझा, थरुहट/थारुवान, बालेन शाह समूह र विभिन्न जेनजी समूहसँग एकता गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप