मितेरी संस्कृति जीवन्त राख्न ‘मितज्यू’ बन्यो : निर्देशक बुढामगर
सारांश
- निर्देशक अनिल बुढामगरले मितेरी संस्कृतिलाई जीवन्त राख्न फिल्म 'मितज्यू' बनाएको बताएका छन् ।
- फिल्मले मित लगाउने संस्कार, औपचारिकता, व्यवहार र त्यसपछिको द्वन्द्वलाई समेटेको छ ।
- जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा सौगात मल्ल, दयाहाङ राई लगायतका कलाकारको अभिनय छ ।
काठमाडौँ । निर्देशक अनिल बुढामगरले मितेरी संस्कृतिलाई जीवन्त राख्न फिल्म मितज्यू बनाएको बताएका छन् । पछिल्लो समय यो चलन बिस्तारै ओझेलमा पर्दै गएकोले पनि फिल्म मार्फत पस्किन मन लागेको उनको भनाइ थियो ।
‘मित लगाउने चलन नेपालमा नौलो होइन । जनजाति होस् वा क्षेत्री बाहुन समुदाय, पूर्व होस् वा पश्चिम, सबैतिर तर’, निर्देशक बुढामगरले भने– ‘यो संस्कृतिमा धेरै राम्रा र आत्मीय पाटाहरू छन्’ फिल्मले संस्कृति उजागर गर्दै महत्त्व समेत बुझाउने उनले बताए ।
मगर समुदायको संस्कार र संस्कृतिभित्र प्रेमकथा मिसाएर गत वर्ष फिल्म ‘घर ज्वाइँ’ दिएका निर्देशक बुढामगरले ‘मितज्यू’ ग्रामीण परिवेशमै तयार गरेका छन् ।
‘फिल्ममा मित लगाउने संस्कार, मित लगाएपछि निभाउनु पर्ने औपचारिकता र व्यवहारले उक्त परम्पराभित्र बस्न नसकेपछिको द्वन्द्व समेत समेटिएको छ’, निर्देशक बुढामगरले थपे– ‘फिल्म कथासँगै मनोरञ्जन पनि हुनुपर्छ भन्ने हाम्रो टिमको मान्यता छ । हामी कथासँगै प्रेम र द्वन्द्वको पनि कुरा गर्छौैं ।’ उनले फिल्म दर्शकको रोजाइमा पर्ने अनुमान लगाए ।
जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा सौगात मल्ल, दयाहाङ राई, तेरिया मगर, खड्गबहादुर पुनमगर, शिशिर वाङ्देल, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायतको अभिनय छ ।
जनक घर्तीमगरले निर्माण गरेको फिल्ममा लोकेश बज्राचार्यले सम्पादन र शिशिर बिशंखेको छायाङ्कन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण