नियमावली स्वीकृत भएसँगै २२ बाट १८ मा झर्यो मन्त्रालयको संख्या
सारांश
- मन्त्रिपरिषद् बैठकले 'नेपाल सरकारको कार्यविभाजन नियमावली २०८३' स्वीकृत गरेसँगै संघीय सरकारका मन्त्रालय संख्या घटेका छन् ।
- यसअघि प्रधानमन्त्रीको कार्यालयसहित २२ वटा मन्त्रालय रहेकोमा नियमावली स्वीकृतपछि प्रधानमन्त्रीको कार्यालयसहित १८ वटामा सिमित भएका हुन् ।
- मन्त्रालय गाभ्ने र खारेज गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकारको कार्यविभाजन नियमावली २०८३’ स्वीकृत गरेसँगै संघीय सरकारका मन्त्रालय संख्या घटेका छन् । यसअघि प्रधानमन्त्रीको कार्यालयसहित २२ वटा मन्त्रालय रहेकोमा नियमावली स्वीकृतपछि प्रधानमन्त्रीको कार्यालयसहित १८ वटामा सिमित भएका हुन् ।
मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेपछि मन्त्रालयको संख्या, संशोधित नाम र कार्यविभाजनको टुंगो लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव प्रवक्ता हेमराज अर्यालले जानकारी दिए । रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार कार्यक्रममा मन्त्रालय घटाउने उल्लेख थियो ।
‘मन्त्रालयहरूको संख्या आवश्यकताभन्दा ठूलो भई चालु खर्च बढेको समस्यालाई समाधान गर्न ३० दिनभित्र मन्त्रालयको संख्या घटाउने निर्णयसहित मौजुदा नेपाल सरकार ९कार्य विभाजन० नियमावली संशोधन गरी सङ्घीय मन्त्रालयको सङ्ख्या १७ कायम गर्ने,’ सरकारको कार्यसूचीमा भनिएको थियो ।
मन्त्रालय गाभ्ने र खारेज गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा कार्यदल गठन भएको थियो । उक्त कार्यदलले संघमा प्रधानमन्त्रीको कार्यालयसहित मन्त्रालयको संख्या जम्मा १८ मा झार्न सुझाव प्रतिवेदन दिएको थियो ।
कार्यदलको प्रस्तावित खाका अनुसार हाल कायम रहेका चारवटा मन्त्रालय खारेज हुनेछन् भने ६ वटा मन्त्रालयको नाम र संरचना परिवर्तन गरिनेछ । जसअनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलय खारेज गरेर समायोजन गर्न भनिएको छ ।
स्रोतका अनुसार नयाँ संरचना अनुसार खेलकुदलाई शिक्षासँग गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय बनाइनेछ भने महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा, स्वास्थ्य र सामाजिक सुरक्षालाई एकीकृत गरी लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय नामाकरण गरिने छ ।
खानेपानी र सहरी विकासलाई भौतिक पूर्वाधारमा गाभेर एकीकृत भौतिक पूर्वाधार मन्त्रालय बनाइनेछ भने यातायात क्षेत्रलाई श्रम मन्त्रालयमा स्थानान्तरण गरिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पूर्ण रूपमा प्रधानमन्त्री कार्यालय मातहत लैजान प्रतिवेदनले सुझाव दिएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता अर्यालले गृहकार्य भइरहेकाले खारेज वा गाभिएका मन्त्रालयको नयाँ नामाकरण हुन बाँकी नै छ । ‘त्यसैको काम भइरहेको छ । अहिले नयाँ संरचनाको नाम फाइनल भइसकेको छैन’, अर्यालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य प्रतिष्ठानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप
-
शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार
-
महँगो मल खरिद र संसदीय उदासीनतालाई लिएर राष्ट्रिय सभामा सरकारको ध्यानाकर्षण
-
यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते
-
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
-
बङ्गलादेशमा अर्जेन्टिनाको क्रेज : म्याराडोनाको जादुदेखि मेस्सीको मोहसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण