शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

बुधबार, ३० वैशाख २०८३, १४ : २४
बुधबार, ३० वैशाख २०८३

सारांश

  • गुल्मीमा श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको छ।
  • ईस्मा गाउँपालिका–६ साहुघरका ४५ वर्षीय थमन बहादुर कुमालले ४३ वर्षीया श्रीमती एमी कुमालको हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ।
  • गम्भीर घाइते भएकी एमीको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको छ।

गुल्मी । गुल्मीमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। 

ईस्मा गाउँपालिका–६ साहुघर बस्ने ४५ वर्षीय थमन बहादुर कुमाललाई ४३ वर्षीया श्रीमती एमी कुमालको हत्या गरेको अभियोगमा प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको हो।

थमनले कुटपिट गर्दा एमी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट धनार्जेबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले कुटपिटमा संलग्न थमनलाई तत्कालै नियन्त्रणमा लिएको थियो।

कुटपिटबाट गम्भीर घाइते भएकी एमीलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप