ट्रम्प र सी बिचकाे भेटअघि अमेरिका–चीन व्यापार वार्ता
बुधबार, ३० वैशाख २०८३, १४ : ४१
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा निस्किएका छन् र समकक्षी सी जिनपिङलाई भेट्दैछन् ।
- ट्रम्प र सीबिच हुने शिखर बैठकअघि अमेरिका र चीनका व्यापार प्रतिनिधिहरूले रचनात्मक वार्ता गरेका छन् ।
- दक्षिण कोरियामा भएको छलफलमा दुवै पक्षले आर्थिक तथा व्यापारिक मुद्दामा स्पष्ट, गहिरो र रचनात्मक विचार आदानप्रदान गरेका थिए ।
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा निस्किएका छन् । यस भ्रमणका क्रममा उनले चिनियाँ समकक्षी सी जिनपिङलाई भेट्दैछन् ।
ट्रम्प र सीबिच हुने उच्चस्तरीय शिखर बैठकअघि अमेरिका र चीनका व्यापार प्रतिनिधिहरूले ‘रचनात्मक’ वार्ता गरेको चिनियाँ राज्य सञ्चारमाध्यमले जनाएको छ ।
समाचार संस्था सीसीटीभीका अनुसार दक्षिण कोरियामा बुधबार भएको छलफलमा दुवै पक्षले आर्थिक तथा व्यापारिक मुद्दामा ‘स्पष्ट, गहिरो र रचनात्मक’ विचार आदान–प्रदान गरेका थिए । तर छलफलका विस्तृत विषय भने सार्वजनिक गरिएको छैन ।
अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अर्थमन्त्री स्कट बेसेन्टले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व हे लिफेङ्गले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण