इरान युद्धः ऊर्जा कम्पनीको अतिरिक्त नाफामा कर लगाउनेबारे ईयू छलफलमा
सारांश
- युरोपेली संघ (ईयू)का ऊर्जा मन्त्रीहरूले इरान युद्धका कारण बढेको ऊर्जाको मूल्यबाट उत्पन्न अतिरिक्त नाफामा कर लगाउने विषयमा छलफल गरिरहेका छन् ।
- ग्रीसका ऊर्जा मन्त्री स्टाभ्रोस पापास्ताभ्रोले युद्धपछि भएको मूल्यवृद्धिबाट ऊर्जा कम्पनीहरूले असामान्य नाफा कमाएको भन्दै त्यसमा कर लगाउने विकल्पबारे छलफल भइरहेको बताएका हुन् ।
- स्पेनकी ऊर्जा मन्त्री सारा आगेसेनले स्पेनसहित कम्तीमा पाँच युरोपेली देश यस प्रकारको करको पक्षमा रहेको जानकारी दिएकी छिन् ।
ब्रसेल्स । यूरोपेली संघ (ईयू)का ऊर्जा मन्त्रीहरूले इरान युद्धका कारण बढेको ऊर्जाको मूल्यबाट उत्पन्न अतिरिक्त नाफामा कर लगाउने विषयमा छलफल गरिरहेको बताएका छन् ।
समाचार संस्था रोयटर्सका अनुसार ग्रीसका ऊर्जा मन्त्री स्टाभ्रोस पापास्ताभ्रोले युद्धपछि भएको मूल्यवृद्धिबाट ऊर्जा कम्पनीहरूले असामान्य नाफा कमाएको भन्दै त्यसमा कर लगाउने विकल्पबारे छलफल भइरहेको बताएका हुन् ।
स्पेनकी ऊर्जा मन्त्री सारा आगेसेनले पनि स्पेनसहित कम्तीमा पाँच युरोपेली देश यस प्रकारको करको पक्षमा रहेको जानकारी दिएकी छिन् ।
युरोपमा ऊर्जा बजार इरान युद्धपछि अस्थिर बनेको र तेल तथा ग्यासको मूल्य बढेपछि धेरै ऊर्जा कम्पनीहरूले ठूलो नाफा कमाएको बताइन्छ ।
यही अतिरिक्त नाफालाई लक्षित गरेर कर लगाउने प्रस्ताव अघि सारिएको हो । ईयूका ऊर्जा मन्त्रीहरूको बैठक बिहीबार साइप्रसको निकोसियामा हुने तय गरिएको छ, जहाँ यस प्रस्तावबारे थप छलफल हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण