सदन चल्न प्रधानमन्त्रीको उपस्थिति सुनिश्चित गर्न विपक्षीको माग
सारांश
- एमाले सांसद गुरु बरालले प्रतिनिधि सभा नियमावलीको २१९ नम्बरको बुँदा खाली रहेको भन्दै सच्चाउन माग गरेका छन् ।
- सांसद पद्यमा अर्यालले देशभित्रै भएका प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न माग गरेकी छन् ।
- प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले पनि प्रधानमन्त्री बैठकमा आउनुपर्ने माग गरेका छन् ।
काठमाडौँ । एमाले सांसद गुरु बरालले प्रतिनिधि सभा नियमावली २१९ खाली रहेको भन्दै सच्चाउन माग गरेका छन् । बुधवारको बैठकमा उनले प्रतिनिधि सभा नियमावली २१९ देखाउँदै ‘यो त खाली छ । यस्तो लापरबाही गर्नुभएन’ भन्दै त्यसलाई सच्चाउन माग गरे ।
त्यस्तै उनले देशको राष्ट्रिय झन्डा धेरै दुरुपयोग भएको तथा आन्दोलनमा ढुङ्गा हान्दै हिँडेको देखिएको बताए । उनले सभामुखले केही सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ भए पनि अन्य असंसदीय शब्द नहटाएकोमा आपत्ति जनाए । ‘एउटा दलको मात्र मानमर्दन गर्न पाइँदैन’, बरालले भने ।
एमालेका अर्का सांसद पद्यमा अर्यालले देशभित्रै भएका प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न माग गरिन् । बुधवारको दोस्रो बैठकमा पनि विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिलाई लिएर बैठक अवरोध गरिरहेका थिए ।
त्यसक्रममा सभामुख डीपी अर्यालले विपक्षीलाई पटक पटक बस्न आग्रह गर्दै नियमावलीको स्मरण गराएका थिए । त्यसक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा अर्को मन्त्रीले जवाफ दिन सकिने व्यवस्था रहेको स्मरण गराएका थिए ।
यस्तै प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले पनि प्रधानमन्त्री बैठकमा आउनुपर्ने माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य ह्वात्तै बढ्यो
-
अरब सागरमा अमेरिकी नौसेनाको हेलिकोप्टर आकस्मिक अवतरण, एक चालक दल सदस्य बेपत्ता
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण