बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

बुधबार, ३० वैशाख २०८३, १६ : ०३
बुधबार, ३० वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।
  • पार्टी सभापति गगन थापाले विधानको धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरेका हुन् ।
  • केन्द्रीय सदस्य तारामान गुरुङलाई समितिको संयोजकको जिम्मेवारी दिइएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।

पार्टी सभापति गगन थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम समिति पुनर्गठन गरेका हुन् ।

पुनर्गठित समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङलाई जिम्मेवारी दिइएको छ । समितिको सदस्यमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहेको कांग्रेसका कामवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप