विधायकले पत्रिकाविरुद्ध साइबर ब्यूरोमा उजुरी गर्नु आपत्तिजनक : महासङ्घ
बुधबार, ३० वैशाख २०८३, १७ : ३४
सारांश
- नेपाल पत्रकार महासङ्घले सांसद जगदीश खरेलले एक पत्रिका बन्द गर्ने धम्की दिएको भन्दै आपत्ति जनाएको छ।
- महासङ्घले विधायकले समाचारको विषयलाई लिएर प्रहरीको साइबर ब्युरोमा उजुरी गर्नु पनि आपत्तिजनक रहेको जनाएको छ।
- प्रेस स्वतन्त्रता विरोधी हर्कत नदोहोर्याउन महासङ्घले आग्रह गरेको छ।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले एक पत्रिका बन्द गर्ने धम्की दिएको भन्दै आपत्ति जनाएको छ।
महासङ्घले विधायकले समाचारको विषयलाई लिएर प्रहरीको साइबर ब्युरोमा उजुरी गर्नु पनि आपत्तिजनक रहेको बुधबार विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
महासङ्घले समाचार सामग्रीप्रति असहमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न आग्रह गर्दै प्रेस स्वतन्त्रता विरोधी हर्कत नदोहोर्याउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण