शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६

प्लेअफ पुग्ने दाउमा बेंगलुरु, कोलकातालाई जित्नैपर्ने दबाब

बुधबार, ३० वैशाख २०८३, १७ : ५४
बुधबार, ३० वैशाख २०८३

सारांश

  • रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीच आईपीएल २०२६ को ५७औँ खेल रायपुरमा साँझ ७:४५ बजे सुरु हुनेछ।
  • प्लेअफमा स्थान पक्का गर्न चाहने बेंगलुरुलाई जित्नैपर्ने दबाब छ भने कोलकाता प्रतियोगितामा टिकिरहनका लागि यो खेल जित्नैपर्छ।
  • कोलकाताको बलिङ युनिट लयमा छ र रायपुरको सुस्त पिचमा उसका स्पिनरहरू बेंगलुरुका लागि चुनौती बन्न सक्छन्।

रायपुर । आईपीएल २०२६ को ५७औँ खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सभिड्दै छन्। रायपुरस्थित सहिद वीर नारायण सिंह इन्टरनेसनल स्टेडियममा साँझ ७:४५ बजे खेल सुरु हुनेछ।

यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण छ। बेंगलुरु जितसहित प्लेअफमा आफ्नो स्थान पक्का गर्न चाहन्छ भने प्रतियोगितामा टिकिरहन कोलकातालाई जित्नैपर्ने दबाब छ। १४ अङ्कसहित बेंगलुरु अङ्क तालिकाको दोस्रो स्थानमा छ।

kolkata kkr

  • ३६औँ पटक भिड्दै दुई टोली

दुवै टोलीबिच अहिलेसम्म ३५ खेल भएका छन्। जसमा बेंगलुरुले १५ र कोलकाताले २० खेल जितेका छन्। गत सिजन यी दुईबिच भएको खेल बेंगलुरुले जितेको थियो। यस सिजन भने दुवै टोली पहिलोपटक आमनेसामने हुँदै छन्।

  • क्रुणालको अर्धशतकले अघिल्लो खेलमा जित

बेंगलुरु अङ्क तालिकाको दोस्रो स्थानमा भए पनि अघिल्लो खेलमा उसको ब्याटिङ अपेक्षाअनुरूप हुन सकेको थिएन। मुम्बई इन्डियन्सविरुद्ध १६७ रनको लक्ष्य पछ्याउने क्रममा बेंगलुरुले निकै सङ्घर्ष गर्नुपरेको थियो। टोलीलाई जित दिलाउन क्रुणाल पाण्ड्याको अर्धशतक र अन्तिम ओभरमा भुवनेश्वर कुमारले प्रहार गरेको छक्का महत्त्वपूर्ण साबित भएको थियो।

बेंगलुरुका लागि सबैभन्दा ठुलो चिन्ता कप्तान रजत पाटीदारको फर्म हो। पाटीदार पछिल्ला ६ खेलमा फ्लप रहेका छन्। यस अवधिमा उनले एउटा अर्धशतक र एउटा २०+ स्कोर मात्र बनाएका छन्। कोहली ११ खेलमा ३७९ रन बनाउँदै टोलीका शीर्ष रन स्कोरर हुन्। उता, भुवनेश्वर कुमार २१ विकेटसहित आईपीएलकै सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्।

  • फर्ममा कोलकाताको बलिङ युनिट

कोलकाताको बलिङ युनिट उत्कृष्ट फर्ममा छ। सुनिल नरेन र वरुण चक्रवर्तीको स्पिन जोडीलाई कार्तिक त्यागी, वैभव अरोडा र अनुकूल रोयको राम्रो साथ मिलिरहेको छ।

कोलकाताले पछिल्ला चार खेल लगातार जितेको छ। यदि रायपुरको पिच सुस्त (स्लो) रह्यो भने कोलकाताका स्पिनरहरू बेंगलुरुका लागि ठुलो समस्या बन्न सक्छन्। १३ विकेटसहित कार्तिक त्यागी टोलीका शीर्ष विकेट लिने बलर हुन्।

कोलकाता १० खेलबाट ९ अङ्कसहित तालिकाको आठौँ स्थानमा छ। अर्को एउटा हारले मात्रै पनि उसलाई प्लेअफको दौडबाट बाहिर धकेल्न सक्छ। कप्तान अजिंक्य रहाणेको ब्याट अहिलेसम्म शान्त छ, तर रिन्कु सिंह, फिन एलेन र क्यामरुन ग्रीनले पछिल्ला खेलहरूमा राम्रो ब्याटिङ गरेका छन्। अङ्कृष रघुवंशी टोलीका शीर्ष टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन्।

जसमाथि हुनेछ नजर

  • विराट कोहली

केही समयअघिसम्म विराट कोहली ओरेन्ज क्यापको दाबेदार थिए, तर लगातार दुई पटक शून्यमा आउट भएपछि उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा १३औँ स्थानमा झरेका छन्। उनको आईपीएल करियरमा यस्तो भएको दोस्रो पटक र सन् २०२२ पछि पहिलो पटक हो ।

बेंगलुरुको शीर्ष र मध्यक्रम धरमराइरहेको र पछिल्ला तीनमध्ये दुई खेलमा हार बेहोरेको बेला उनको फर्म खस्किएको हो। पछिल्ला तीन खेलमा उनी रबाडाको सर्ट बल, प्रिन्स यादवको टेस्ट म्याच शैलीको डेलिभरी र दीपक चहरको लेन्थ बलमा मिड-अफमा सट प्रहार गर्न चुक्दा आउट भएका थिए। 

रोचक कुरा के छ भने, कोहली साल्ट (स्ट्राइक रेट १४०) सँग भन्दा बेथेल (स्ट्राइक रेट १६९) सँग खेल्दा छिटो रन बनाउँछन्, नयाँ ओपनिङ पार्टनरसँग उनी बढी आक्रामक देखिएका छन्।

  • सुनिल नरेन

sunil narin

सुनिल नरेनले यस सिजन चार ओभरका केही जादुयी स्पेल फ्याँकेका छन्: डीसीविरुद्ध १७ रन दिएर १ विकेट, एलएसजीविरुद्ध २३ रन दिएर १ विकेट (सुपर ओभर बाहेक) र सीएसकेविरुद्ध २१ रन दिएर १ विकेट। उनी प्रतियोगिताका अन्य स्पिनर जत्तिकै धेरै विकेट लिने बलर त होइनन्, तर उनको ६.५१ को इकोनोमीले लगातार दबाब सिर्जना गर्छ, जसको फाइदा अन्य बलरले उठाइरहेका छन्। रजत पाटीदारसँगको उनको भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ र प्लेइङ-१२ मा वरुण नहुने सम्भावना रहेकाले कोलकाताको नजर उनीमै केन्द्रित हुनेछ।

पेसरहरूलाई अतिरिक्त बाउन्स मिल्न सक्छ

रायपुरको पिच सन्तुलित रहने अपेक्षा गरिएको छ। सुरुवाती समयमा तीव्र गतिका बलरहरूले स्विङ र अतिरिक्त बाउन्स पाउन सक्छन् भने पछि ब्याटिङ गर्न सहज हुनेछ। यहाँ आईपीएलका ७ खेल खेलिएका छन्। तीमध्ये २ पटक पहिले ब्याटिङ गर्ने र ५ पटक लक्ष्य पछ्याउने गर्ने टोलीले जितेका छन्। एक खेल टाई भएको छ।

मौसमको जानकारी

रायपुरमा मौसम गर्मी रहनेछ। साँझको समयमा तापक्रम ३३ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहन सक्छ। आर्द्रता कम हुने र वर्षाको सम्भावना लगभग नभएकाले पूरा ४० ओभरकै खेल हुने अपेक्षा गरिएको छ।

टोलीको जानकारी 

अप्रिल १८ मा दिल्ली क्यापिटल्सविरुद्धको खेलमा औँलामा चोट लागेपछि साल्टले बेंगलुरुका लागि खेलेका छैनन् र उनी स्वदेश फर्किएका थिए। उनी अझै टोलीसँग जोडिएका छैनन्। भर्खरै जित निकालेको टोलीमा परिवर्तन हुने सम्भावना कम छ, तर फर्ममा रहेको कोलकाताको ब्याटिङ लाइनअपविरुद्ध बलिङमा केही परिवर्तन प्रभावकारी हुन सक्छ। 

के रोमारियो शेफर्डको ठाउँमा ज्याकब डफी विकल्प हुन सक्छन् ? सुयश शर्माले पनि आफ्ना पछिल्ला ७ खेलमा केवल ३ विकेट लिएका छन्। यदि बेंगलुरु एक मात्र स्पिनर खेलाउन सहज मान्छ भने, सुयशको ठाउँमा वेङ्कटेश अय्यरलाई आफ्नो पुरानो टोलीविरुद्ध खेलाउनु एउटा साहसिक निर्णय हुन सक्छ।

  • रोयल च्यालेन्जर्स बेंगलुरु (सम्भावित): ज्याकब बेथेल, विराट कोहली, ३ देवदत्त पडिक्कल, ४ रजत पाटीदार (कप्तान), ५ जितेश शर्मा (विकेटकिपर), ६ क्रुणाल पाण्ड्या, ७ टिम डेभिड, ८ रोमारियो शेफर्ड/ज्याकब डफी, ९ रसिक सलाम, १० भुवनेश्वर कुमार, ११ जोस हेजलउड, १२ सुयश शर्मा।

शेन वाट्सनका अनुसार वरुणलाई ‘दुखाइ’ छ र उनको निगरानी भइरहेको छ। उनी प्रशिक्षणमा पनि देखिएका थिएनन्। यदि वरुण फिट भएनन् भने कोलकातासँग दुई विकल्प छन्: लेगस्पिनर प्रशान्त सोलंकी, जसले अन्तिम पटक २०२२ मा आईपीएल खेलेका थिए र स्पिन बलिङ अलराउन्डर दक्ष कामरा, जसले अहिलेसम्म टी-२० क्रिकेट त खेलेका छैनन् तर उनको बलिङ शैली लगभग वरुणको जस्तै छ।

मनीष पाण्डेले आईपीएलमा पुनरागमन गरेयता दुई खेलमा ब्याटिङ गर्ने अवसर पाएका छैनन्। उनले आफ्नो स्थान कायमै राख्नेछन्। वाट्सनका अनुसार मथिशा पथिराना फिट छन् र खेल्नका लागि तयार छन्।

  • कोलकाता नाइट राइडर्स (सम्भावित): १ फिन एलेन, २ अजिंक्य रहाणे (कप्तान), ३ अङ्कृष रघुवंशी, ४ क्यामरुन ग्रीन, ५ रिन्कु सिंह, ६ मनीष पाण्डे, ७ रोभमन पावेल, ८ सुनिल नरेन, ९ अनुकूल रोय, १० कार्तिक त्यागी, ११ वैभव अरोडा, १२ प्रशान्त सोलंकी / दक्ष कामरा।

तथ्याङ्क र रोचक जानकारी 

  • बेंगलुरुले हारेका खेलहरूमा जोस हेजलउडले पावरप्लेका ९ ओभरमा प्रतिओभर १४.७ रन खर्चिएका छन्। तर, बेंगलुरुले जितेका खेलहरूमा भने उनले ९ ओभरमा जम्मा ५.८ को दरले रन दिएका छन्।
  • भुवनेश्वर कुमारले आईपीएलको एउटै सिजनमा २० भन्दा बढी विकेट लिएको यो चौथो पटक हो। युजवेन्द्र चहलले मात्र यो भन्दा बढी पटक यस्तो उपलब्धि हासिल गरेका छन्। यस सिजन पावरप्लेमा सर्वाधिक विकेट लिनेमा भुवनेश्वर (१२ विकेट) कागिसो रबाडापछि दोस्रो स्थानमा छन्।
  • सम्पूर्ण आईपीएलमा नरेनविरुद्ध कोहलीको स्ट्राइक रेट जम्मा १०५.४२ छ भने १७ इनिङ्समा उनी ४ पटक आउट भएका छन्। यद्यपि, रजत पाटीदारले नरेनको १४ बल सामना गर्दै ३ छक्कासहित १८५.७१ को स्ट्राइक रेटमा रन बनाएका छन् र अहिलेसम्म आउट भएका छैनन्।
  • फिन एलेन २०० भन्दा बढी स्ट्राइक रेट हुने केवल चार ब्याटरमध्ये (कम्तीमा ७ इनिङ्स) एक हुन्। उनको स्ट्राइक रेट २०५.८८ छ। उनीभन्दा माथि वैभव सूर्यवंशी (२३६.५५), प्रियांश आर्या (२२६.४९) र अभिषेक शर्मा (२१०.१७) रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप