लेबनानमा एक हप्तामा ५९ जना बालबालिका द्वन्द्वको मारमा : युनिसेफ
काठमाडाैँ । युद्धविराम सम्झौताका बाबजुद गत हप्तामा मात्र लेबनानमा कम्तिमा ५९ जना बालबालिका युद्वको मारमा परेको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ ।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार अप्रिल गत १६ र १७ को मध्यरातमा युद्धविराम लागु भएदेखि कम्तिमा २३ जना बच्चाहरूको मृत्यु भएको छ भने ९३ घाइते भएका छन् । गत मार्च –२ देखि २०० जना बालबालिकाको मृत्यु भएको र ८०६ जना घाइते भएको उल्लेख गरिएको छ ।
लेबनानको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र र स्थानीय मिडियाका अनुसार दक्षिणी र मध्य लेबनानमा बुधबार भएको इजरायली आक्रमणमा महिला तथा बालबालिका सहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।
महिनौको डरबाट त्रसित हुँदै बालबालिकाहरु कक्षाकोठामा फर्कने, साथीहरूसँग खेल्ने क्रममा द्वन्द्वको सिकार हुनु पुगेको मध्यपूर्व र उत्तर अफ्रिकाका लागि युनिसेफका क्षेत्रीय निर्देशक एडवर्ड बेगबेडरले बताएका छन् ।
हिंसा रोक्ने उद्देश्यले गरिएको युद्व विराम सम्झौताको बाबजुद पनि बालबालिकाले बारम्बार आक्रमण र आघात भोग्नुपरेको उल्लेख गर्दै उनले यसको परिणाम दिर्घकालीन हुनसक्ने बताएका छन् ।
यसैबिच युनिसेफले लेबनानमा सात लाख ७० हजार भन्दा बढी बालबालिकाहरूले हिंसा, विस्थापन र हानिको बारम्बार जोखिमका कारण बढ्दो मनोवैज्ञानिक संकटको सामना गरिरहेको चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण