टिकटकमा महिलालाई ब्ल्याकमेल गरी पैसा असुल्ने युवक पक्राउ
सारांश
- सामाजिक सञ्जाल टिकटक लगायतका माध्यमबाट महिलाको व्यक्तिगत फोटो र भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गरी आर्थिक लाभ लिने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ स्थायी घर भएका २३ वर्षीय समिर तामाङ रहेका छन् ।
- पीडित महिलाले आफूलाई दुःख हैरानी दिई आर्थिक लाभ लिएको भन्दै कारबाहीका लागि साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।
काठमाडौँ । सामाजिक सञ्जाल टिकटक लगायतका माध्यमबाट महिलाको व्यक्तिगत फोटो र भिडियो सार्वजनिक गरिदिने धम्की दिँदै ब्ल्याकमेल गरी आर्थिक लाभ लिने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. ११ स्थायी घर भएका २३ वर्षीय समिर तामाङ रहेका छन् । उनलाई प्रहरीले काठमाडौँ महानगरपालिका वडा नं. १३ कलंकीबाट नियन्त्रणमा लिएको हो ।
तामाङले पीडित महिलाको फोटो सामाजिक सञ्जालमा राखेर ब्ल्याकमेल गर्ने र निजका व्यक्तिगत गोप्य फोटो तथा भिडियोहरू बाहिर ल्याइदिन्छु भन्दै डर–धम्की देखाएर पटक–पटक पैसा असुल गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पीडित महिलाले आफूलाई दुःख हैरानी दिई आर्थिक लाभ लिएको भन्दै कारबाहीका लागि साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।
उक्त उजुरीका आधारमा ब्यूरोले गरेको प्राविधिक अनुसन्धान र विश्लेषणपछि तामाङलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए ।
पक्राउ परेका तामाङमाथि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र आपराधिक लाभ सम्बन्धी कसुरमा विस्तृत अनुसन्धान भइरहेको ब्यूरोले बिहीबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण