‘गौँथली’को पोस्टर : दुलाहा–दुलहीको भेषमा अरुण र सिम्रन
सारांश
- ‘गौँथली’ नामक नयाँ फिल्म आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
- सार्वजनिक दुई पोस्टरमध्ये एकमा नायक अरुण क्षेत्री र सिम्रन खड्का दुलहा–दुलहीको भेषमा छन् भने अर्कोमा सिम्रन डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन् ।
- यो फिल्मले ग्रामीण समाजको कथा भन्नेछ र यसमा अरुण तथा सिम्रन बाहेक मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
काठमाडौँ । ‘गौँथली’ आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । ग्रामीण समाजको कथामा बनेको फिल्म डा. कपिल रिजालले निर्देशन गरेका हुन् । निर्माण युनिटले फिल्मको शुक्रबार एकसाथ दुई पोस्टर सार्वजनिक गर्दै फिल्मको बिषयबस्तुबारे केही जानकारी दिएको छ ।
पहिलो पोस्टरमा नायक अरुण क्षेत्री र सिम्रन खड्का फिचर्ड छन् । उनीहरू दुलाहा–दुलहीको भेषमा छन् । अर्को पोस्टरमा सिम्रन एक्लै छिन्, जसमा उनी डोकोमा स्याउला बोकेर हिँडिरहेकी छन् । तर, उनी पढिरहेकी छन् ।
यसले उनी बिहे गरेपछि पनि घरको काम गर्दै पढ्दै गरेको बुझाउँछन् । पढ्ने तीव्र चाहना हुँदाहुँदै उनको विवाह भएको तर आफ्नो पढ्ने उद्देश्यबाट विचलित नभएको यो पोस्टरले संकेत गर्छ । पोस्टरले पहाडमा बस्ने एक गरिब परिवारको कथा फिल्मले भन्ने अनुमान गर्न सकिन्छ ।
फिल्ममा अरुण र सिम्रनको अलवा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा. भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताको रूपमा रहेका छन् ।
शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा पाश्र्व संगीत एलिस कार्कीको छ । फिल्म हरि हुमागाईंले खिचेका हुन् भने मिलन श्रेष्ठले सम्पादन गरेका छन् । फिल्म रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् । डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ ।
‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि फिल्म निर्माण गरेका थिए । उक्त फिल्मलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । निर्देशक डा. कपिल रिजाल डा. भोला रिजालका छोरा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण