महालेखा परीक्षकको ६३ औँ प्रतिवेदन
बेरुजुको चाङ : एक वर्षमै थपियो ८८ अर्ब, कुल बेरुजु साढे ७ खर्ब नाघ्यो
शुक्रबार, ०१ जेठ २०८३, १५ : ५९
सारांश
- महालेखा परीक्षकको कार्यालयको ६३ औँ प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा ८८ अर्ब ९ करोड रुपैयाँ थप बेरुजु देखिएको छ।
- सङ्घीय सरकारी कार्यालय, प्रदेश, स्थानीय तह र अन्य समिति तथा संस्थामा गरी कुल १९ अर्ब ३२ करोड रुपैयाँ बेरुजु थपिएको छ।
- यस वर्षको थप बेरुजु सहित मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार मुलुकमा आर्थिक अनियमितता र बेरुजुको अवस्था भयावह देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षणबाट थप ८८ अर्ब ९ करोड रुपैयाँ बेरुजु कायम भएको छ।
प्रतिवेदन अनुसार सङ्घीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड, स्थानीय तहतर्फ १९ अर्ब ५ करोड र अन्य समिति तथा संस्थातर्फ १० अर्ब ३२ करोड बेरुजु देखिएको छ ।
गत वर्षसम्मको बाँकी बेरुजु र यस वर्षको थप सहित कुल अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । महालेखापरीक्षक तोयम रायाले राष्ट्रपति समक्ष पेस गरेको प्रतिवेदनमा सरकारी ढुकुटीको परिचालनमा अनुशासनको कमी रहेको औँल्याइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहको निर्देशनपछि सुस्तामा प्रशासन सक्रिय, नागरिकता विवरण संकलन गर्ने तयारी
-
शिक्षित आमामै पूर्ण स्तनपानको दर घट्दो, दूधदानी प्रयोग बढ्दै
-
कालीकोटमा व्यावसायिक प्रतिष्ठानको सङ्ख्या उल्लेखनीय वृद्धि
-
सरकारको हनिमुन पिरियड सकियोः जस्तो थियो उस्तै छ फेवाताल
-
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक समितिमा
-
५४ वर्षसम्म पनि डुम्रे–बेँसीसहर सडक स्तरोन्नति हुन सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण