कांग्रेस वडा सभापतिबाट राजीनामा दिएको ११ दिनमै रास्वपाको जिल्ला उपसभापति
सारांश
- गोविन्दप्रसाद शर्माले नेपाली कांग्रेस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ को वडा सभापति पदबाट राजीनामा दिएको ११ दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्खेतको जिल्ला उपसभापति र कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन्।
- ३६ वर्ष लामो कांग्रेसको राजनीतिक यात्रालाई बिट मार्दै शर्माले रास्वपा रोजेका हुन्।
- पछिल्लो समय सुर्खेतमा कांग्रेसका बौद्धिक र व्यवसायी नेताहरू रास्वपामा प्रवेश गर्ने क्रम बढेको छ।
सुर्खेत । नेपाली कांग्रेस सुर्खेतका वडा सभापति गोविन्दप्रसाद शर्माले राजीनामा दिएको ११ दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्।
बिहीबार उनलाई रास्वपा सुर्खेतको जिल्ला उपसभापति र कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो।
शर्माले गत वैशाख २१ गते कांग्रेसको वीरेन्द्रनगर नगरपालिका–४ को वडा सभापति पदबाट राजीनामा दिएका थिए। सुर्खेत कांग्रेसमा स्थापित र दुई कार्यकाल वडा सभापति भइसकेका शर्माले ३६ वर्ष लामो राजनीतिक यात्रालाई बिट मार्दै रास्वपा रोजेका हुन्।
रास्वपा सुर्खेतका सभापति रमेशकुमार सापकोटाले शर्मालाई उपसभापतिसँगै कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको पुष्टि गरेका छन्। पछिल्लो दुई हप्तामा सुर्खेतमा कांग्रेसका बौद्धिक र व्यवसायी नेताहरू रास्वपामा प्रवेश गर्ने क्रम बढेको छ।
विशेष गरी राजधानी वीरेन्द्रनगरमा चिनिएका नेताहरू रास्वपातिर ढल्किएका छन्। शर्माले २०४७ सालदेखि कांग्रेसमा अनवरत रूपमा काम गर्दै आएकोमा अब औपचारिक रूपमा नयाँ यात्रा सुरु गरेको बताएका छन्।
जिम्मेवारी सम्हालेपछि शर्माले भने, ‘२०४७ देखि नेपाली कांग्रेसमा अनवरत रूपमा काम गर्दै आएकोमा आजबाट करिब ३६ वर्षको लामो यात्रालाई औपचारिक रूपमा बिट मार्दै रास्वपा सुर्खेतको उपसभापतिको जिम्मेवारी लिएको छु ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण