शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
महालेखा परीक्षकको ६३ औँ प्रतिवेदन

महालेखाको प्रतिवेदन : विश्वविद्यालयहरूको सयाैँ राेपनी जग्गा अतिक्रमण

शुक्रबार, ०१ जेठ २०८३, १७ : २९
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार विभिन्न विश्वविद्यालयहरूको ठुलो मात्रामा जग्गा अतिक्रमण भएको छ।
  • त्रिविको १ करोड ७४ लाख वर्ग मिटर जग्गामध्ये ६ लाख ५३ हजार वर्ग मिटर अतिक्रमण भएको छ।
  • सुदूरपश्चिम विश्वविद्यालयको ३८० बिघा जग्गामध्ये ३ सय बिघा र पोखरा विश्वविद्यालयको ६२५ रोपनीभन्दा बढी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ।

काठमाडौँ । विभिन्न विश्वविद्यालयहरूको सयाैँ राेपनीको जग्गा अतिक्रमण भएको महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ।

महालेखाको ६३ औँ प्रतिवेदनमा विश्वविद्यालयहरूलाई सम्पत्तिको केन्द्रीय लगत राखी सम्बन्धित निकायसँगको समन्वयमा अतिक्रमित जग्गा फिर्ता गर्न तथा उचित संरक्षण गर्दै आयमूलक कार्यमा उपयोग गर्न पनि भनेको छ । 

महालेखाको प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालय र अन्तर्गतका विभिन्न निकायकोमात्र १ करोड ७४ लाख ८४ हजार वर्ग मिटर जग्गामध्ये ६ लाख ५३ हजार वर्ग मिटर जग्गा अतिक्रमण भएको पाइएको छ । 

त्यस्तै सुदूरपश्चिम विश्वविद्यालय मातहत निकायको पूर्ण स्वामित्वमा रहेको टीकापुर बहुमुखी क्याम्पसको ३८० बिघा जग्गामध्ये ३ सय बिघा तथा पोखरा विश्वविद्यालयको ६२५ रोपनीभन्दा बढी जग्गा अतिक्रमण भएको पनि महालेखाले जनाएको छ ।

त्यसैगरी नेपाल संस्कृत विश्वविद्यालय,पूर्वाञ्चल विश्वविद्यालयको जग्गा सिमाङ्कन नभएको र लिजमा दिएको जग्गाको अभिलेख नराखेको पाइएको छ।

671677464_1901764817155069_2408687937565878361_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप