बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

रास्वपा प्रवेशको आशंकामा गाउँपालिका अध्यक्षलाई कांग्रेसको स्पष्टीकरण

शुक्रबार, ०१ जेठ २०८३, १७ : ३०
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको आशंकामा कांग्रेसले कारबाही प्रक्रिया अघि बढाएको छ।
  • कांग्रेस जुम्लाले अध्यक्ष बुढालाई पत्र काट्दै पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेको भन्ने हल्लाबारे वास्तविकता के हो भनी प्रश्न सोधेको छ।
  • तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा कांग्रेसको विधान र नियमावली बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

सुर्खेत । नेपाली कांग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा गोप्य रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको आशंकामा कांग्रेसले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। 

शुक्रबार नेपाली कांग्रेस जुम्लाले अध्यक्ष बुढालाई पत्र काट्दै स्पष्टीकरण सोधेको हो।

कांग्रेस जुम्लाका कार्यवाहक सभापति दीपकबहादुर शाहीले पत्रमार्फत बुढालाई पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेको भन्ने चर्चाबारे वास्तविकता के हो भनी प्रश्न गरेका छन्। पत्रमा भनिएको छ, ‘तपाईंले कांग्रेस परित्याग गरी अन्य दलमा प्रवेश गरेको भन्ने हल्ला भएको वास्तविकता के हो ? र’ पार्टीले सामाजिक सञ्जाल वा पत्र प्राप्त भएको मितिले ३ दिनभित्र लिखित स्पष्टीकरणसहित पार्टी कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

तोकिएको समयभित्र चित्तबुझ्दो जवाफ नआएमा कांग्रेसको विधान र नियमावली बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप