कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक
शुक्रबार, ०१ जेठ २०८३, १८ : ०२
सारांश
- नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आगामी जेठ ३ गते बस्ने भएको छ।
- पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा बस्ने बैठक ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बिहान ११:३० बजे सुरु हुनेछ।
- बैठकमा प्रतिष्ठानका आगामी कार्य योजना र पार्टीको आन्तरिक रणनीतिका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आगामी जेठ ३ गते बस्ने भएको छ। पार्टीका सभापति गगनकुमार थापाको उपस्थितिमा बस्ने गरी बैठक आह्वान गरिएको हो।
बैठक ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बिहान ११ः ३० बजे सुरु हुनेछ। नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै बैठकका बारेमा जानकारी दिएका हुन्।
विज्ञप्तिमा प्रतिष्ठानका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बैठकमा उपस्थित हुन निर्देशानुसार अनुरोध गरिएको छ। सभापति थापाको समुपस्थितिमा हुने यस बैठकमा प्रतिष्ठानका आगामी कार्य योजना र पार्टीको आन्तरिक रणनीतिका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण